Home समाचार एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश

एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश

10
0

काठमाडौ– उच्च अदालत पाटनले एनसेलको शेयर बिक्री गर्ने मलेसियाली कम्पनी आजियाटाको निर्णयविरुद्ध दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

शुक्रबार न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी दुवै पक्षलाई बोलाएको हो । अन्तरिम आदेश दिने कि नदिने भन्ने बारेमा दुवै पक्षको छलफल सुनेपछि मात्रै निर्णय हुनेछ ।

यसमा के कसो भएको हो ? निवदेकको निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? निवदेनको माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबूद प्रमाणसहित सूचना म्याद पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १ र ४ को हकमा उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत र अन्य विपक्षीहरुको हकमा आफैँ वा निजहरुको कानून बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेस गर्नुहोला भनी आदेश र निवेदनको प्रतिनिलिपिसहित विपक्षीहरुको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नुहोला ।’ आदेशमा भनिएको छ, ‘

आजिआटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेर नेपालबाट बाहिरिने निर्णय गरेपछि उक्त विषय अदालतमा प्रवेश गरेको हो ।

आजिआटा कम्पनीले सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलरमा एनसेलको शेयर खरिद गरेको थियो। हाल उसले ५ करोड अमेरिकी डलरमा आफ्नो स्वामित्वमा रहेको शेयर बेचेको हो।

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleजलवायु मैत्री विकास रणनीतिहरुबारे राष्ट्रसंघीय सम्मेलन गर्न नेपाल तयार छ: प्रचण्ड
Next articleडोल्पाको रसी गाउँमा भाइरलका कारण घरैपिच्छे बिरामी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here