पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन

पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन

‎पोखरा ।
‎पोखरा महानगरपालिका वडा नं. १४ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ सदस्यीय स्थानीय समिति गठन गरिएको छ। वडाध्यक्ष बोधबहादुर कार्कीको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो।

‎​’Actng Against Sexual Exploitation, Trafficking and Human Atrocity’ को आयोजना, पोखरा महानगरपालिका वडा कार्यालय–१४ को समन्वय तथा ‘गुड सेफर्ड इन्टरनेशनल फाउन्डेसन नेपाल’ (Good Shepherd International Foundation Nepal) को सहयोगमा उक्त कार्यक्रम गरी समिति गठन गरिएको हो। कार्यक्रममा ‘बाल तथा महिला सशक्तिकरण समाज-नेपाल, कास्की’ (CWES) को पनि संलग्नता रहेको छ।

पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन

नवगठित समितिको संयोजकमा वडाध्यक्ष बोधबहादुर कार्की रहेका छन् भने सदस्यहरूमा दिलमाया गुरुङ, मिना लक्ष्मी शर्मा, काशीनाथ घिमिरे, पूर्ण दीप सुवेदी, अभिषेक सुनार, मोतीसागर अधिकारी, राजेन्द्र चापागाईं, राधा गरम्जा, नमूनाथ पाध्या र तिलकराम लम्साल चयन भएका छन् । समितिका बाँकी दुई सदस्य पछि थप गरिने जनाइएको छ।

‎​स्थानीय स्तरमा मानव बेचबिखन, ओसारपसार, बाल शोषण तथा यौन शोषण जस्ता अपराध नियन्त्रण र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो समिति गठन गरिएको हो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22115, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  राम्जा–पोखरा सम्पर्क समाज नेपालद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   8   =