निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग

निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग

कलाकार कोपिला थापा करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्।


काठमाडौं । फिल्म निर्देशक तथा चलचित्र विकास बोर्डका प्रवक्ता एवं चलचित्र जाँचपास समितिका सदस्य सन्तोष बाबु लोहनीले उपचाररत कलाकार कोपिला थापालाई आर्थिक सहयोग गरेका छन्। उनले असार महिनामा चलचित्र जाँचपास गरेबापत प्राप्त गरेको सम्पूर्ण भत्ता थापाको उपचारका लागि उपलब्ध गराएका हुन्। चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको उपस्थितिमा लोहनीले अस्पतालमै पुगेर कलाकार थापालाई उक्त सहयोग हस्तान्तरण गरेका थिए।

कलाकार कोपिला थापा करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्। त्यसयता उनी निरन्तर उपचाररत छिन्। लामो समयदेखि उपचार जारी रहँदा आर्थिक भार बढ्दै गएपछि निर्देशक लोहनीले सहयोग गर्ने निर्णय गरेका हुन्।

यसअघि पनि विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका लोहनीले आफ्नै क्षेत्रका व्यक्तिहरू समस्यामा पर्दा साथ दिनु आफ्नो दायित्व भएको बताए।

उनका अनुसार चलचित्र जाँचपासबाट प्राप्त हुने भत्तालाई व्यक्तिगत प्रयोजनमा प्रयोग नगरी आर्थिक अभाव वा अन्य समस्यामा परेका चलचित्रकर्मीको सहयोगमा खर्च गर्ने निर्णय गरिएको हो। सोही अभियानअन्तर्गत पहिलो महिनाको भत्ता कलाकार कोपिला थापाको उपचारका लागि प्रदान गरिएको उनले जानकारी दिए।

लोहनीले आगामी महिनाहरूमा पनि चलचित्र जाँचपासबाट प्राप्त हुने भत्ता आवश्यकताका आधारमा समस्यामा परेका अन्य चलचित्रकर्मीलाई सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्। हाल कलाकार कोपिला थापा काठमाडौंको हात्तीगौंडास्थित एन्जल हेल्थ केयर सेन्टरमा उपचाररत छिन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  नीताको ‘म हुँ सृष्टिको फक्ताङलुङ’ मा मौसमी मल्ल
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   10   =