‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो

काठमाडौं । चीनमा सम्पन्न नेपाल एभरेस्ट फिल्म फेस्टिभल अन्तर्गत आयोजित नेपाली चलचित्र सप्ताहका उत्कृष्ट स्रष्टा तथा चलचित्रलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच कुल १० हजार अमेरिकी डलर बराबरको नगद पुरस्कारसहित सम्मान गरिएको छ।
चीनको हुनान प्रान्तस्थित छाङसामा अप्रिल १४ देखि १९ सम्म सम्पन्न चलचित्र सप्ताहमा प्रदर्शित नेपाली चलचित्रमध्ये ‘एन्जिला’ उत्कृष्ट चलचित्र घोषित हुँदै ४ हजार अमेरिकी डलर पुरस्कार जित्न सफल भएको हो।
त्यसैगरी, ‘तेल भिसा’ का निर्देशक शंकर घिमिरे उत्कृष्ट निर्देशक घोषित हुँदै २ हजार डलर पुरस्कारबाट सम्मानित भए। ‘छक्का पञ्जा’ का दीपकराज गिरी उत्कृष्ट अभिनेता तथा ‘कबड्डी ४’ की मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए। दुवैले जनही १ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरे।
प्राविधिक विधातर्फ ‘महाजात्रा’ का पुरुषोत्तम प्रधान उत्कृष्ट छायाँकार घोषित भए भने ‘होस्टेल ३’ ले उत्कृष्ट सम्पादनको पुरस्कार हात पार्यो। यी दुवै विधामा पनि जनही १ हजार अमेरिकी डलर प्रदान गरिएको थियो।
आयोजकका अनुसार, डा. सिमोन किउ को नेतृत्वमा चिनियाँ प्राध्यापक, चलचित्र विज्ञ तथा फिल्म कलेजका विद्यार्थी सम्मिलित निर्णायक टोलीले चलचित्रहरूको मूल्यांकन गरेको थियो।
पुरस्कार वितरण समारोहमा सहभागी हुन हलिउड निर्देशक चेन शि–झेङ सहित आठ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ अभिनेता हरिहर शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्सु ले चलचित्रले नेपाल–चीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। फेस्टिभल अध्यक्ष करुण थापा ले यस पहलले नेपाली चलचित्रलाई चिनियाँ सिनेमा हल र ओटीटी बजारसम्म पुर्याउने नयाँ अवसर सिर्जना गर्ने बताए।
कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डीसी ले नेपाली चलचित्रको चीनमा ठूलो व्यावसायिक सम्भावना रहेको उल्लेख गर्दै भविष्यमा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे। साथै, चिनियाँ लगानीकर्ताले नेपाली निर्मातासँग सह–उत्पादनमा चलचित्र निर्माण गर्ने तथा एआई प्रविधिमा आधारित नेपाली चलचित्रलाई चिनियाँ ओटीटी प्लेटफर्ममा प्रदर्शन गर्न सहकार्य गर्ने रुचि समेत व्यक्त गरेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १८, बिहीबार २०:२९राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले लिए शपथ
समाचार२०८३ भाद्र १८, बिहीबार १९:४०साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने
समाचार२०८३ भाद्र १८, बिहीबार १८:३०विपद्को मैदानमा देखेको र भोगेको यथार्थ
समाचार२०८३ भाद्र १८, बिहीबार ११:५९तीजको दरको पैसा कटाएर बाढीपीडितलाई सहयोग, महाकालेश्वर महिला समूहले दियो ३५ हजार ५ सय









