राम्जा–पोखरा सम्पर्क समाज नेपालद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण

पोखरा, साउन ४ — राम्जा–पोखरा सम्पर्क समाज नेपालले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा पर्वत जिल्लाको मोदी गाउँपालिका–८, मल्काहा, चित्रेका एक विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ।
समाजका अध्यक्ष तोयानाथ तिमल्सिनाको नेतृत्व तथा कार्यसमितिका पदाधिकारीहरूको सहभागितामा आयोजित कार्यक्रममा चामल, दाल, तेल, नुन, चिउरा लगायत दैनिक उपभोग्य खाद्यान्न सामग्रीसँगै लत्ताकपडा हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा अध्यक्ष तिमल्सिनाले समाजले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न मानवीय तथा परोपकारी गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहयोग प्राप्त परिवार तथा स्थानीयवासीले समाजप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक अभियानले विपन्न परिवारलाई ठूलो राहत पुगेको बताएका छन्।
राम्जा–पोखरा सम्पर्क समाज नेपालले वार्षिकोत्सवलाई औपचारिक समारोहमा मात्र सीमित नराखी समाजसेवामार्फत मनाउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २५, आईतवार २०:५२सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरु
समाचार२०८३ आश्विन २५, आईतवार १८:०३अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा
समाचार२०८३ आश्विन २५, आईतवार ११:१४बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २५, आईतवार १०:३६एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया








