विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ : ऊर्जामन्त्री श्रेष्ठ
कास्की- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई उपभोक्ताका लागि सहज बनाउने तयारी भइरहेको बताउनुभएको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा उहाँले चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याइएको विद्युत् महसुलको भ्याट व्यवस्थालाई सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।
विद्युत् महसुलमा भ्याट लगाउने व्यवस्थाले उपभोक्तामा आर्थिक भार थपिएको विषयमा सरकार जानकार रहेको उल्लेख गर्दै उहाँले आर्थिक ऐन संशोधनको प्रस्ताव आउने समयमा यसलाई सहज बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी खपत गर्ने ग्राहकलाई पाँच प्रतिशत भ्याट लाग्दै आएको छ । मन्त्री श्रेष्ठले एउटै नदीमा विद्युत् उत्पादनका लागि विगतमा धेरै आयोजनालाई जथाभावी अनुमति दिइएको पाइएको भन्दै त्यसलाई व्यवस्थित र नियमन गर्न मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।
एउटै नदीमा धेरै आयोजना सञ्चालनका लागि अनुमति दिँदा नदीको प्राकृतिक बहाव प्रभावित भएको उल्लेख गर्दै उहाँले कतिपय स्थानमा मृत्यु संस्कारका लागि जाँदासमेत खोलामा पानी नहुने अवस्था रहेको बताउनुभयो । नदीलाई स्वतन्त्र रूपमा बग्न दिनुपर्नेमा उहाँको जोड थियो ।
स्थानीयवासी र जलविद्युत् प्रवद्र्धकबीच देखिने विवाद समाधान तथा उजुरीको सुनुवाइ गर्ने अधिकार विद्युत् नियमन आयोगमा रहेको उल्लेख गर्दै उहाँले केही विवाद समाधानको प्रक्रियामा अघि बढेको जानकारी दिनुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ मंसिर १२, शुक्रबार २०:२६विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ : ऊर्जामन्त्री श्रेष्ठ
समाचार२०८३ मंसिर १२, शुक्रबार १६:१४राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
स्वास्थ्य/जानकारी टिप्स२०८३ मंसिर १२, शुक्रबार ११:१९आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित
समाचार२०८३ मंसिर १२, शुक्रबार ०६:१२आज देशभरको मौसम मुख्यतया सफा रहने




