Breaking News
विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ : ऊर्जामन्त्री श्रेष्ठ

कास्की- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई उपभोक्ताका लागि सहज बनाउने तयारी भइरहेको बताउनुभएको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा उहाँले चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याइएको विद्युत् महसुलको भ्याट व्यवस्थालाई सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।
विद्युत् महसुलमा भ्याट लगाउने व्यवस्थाले उपभोक्तामा आर्थिक भार थपिएको विषयमा सरकार जानकार रहेको उल्लेख गर्दै उहाँले आर्थिक ऐन संशोधनको प्रस्ताव आउने समयमा यसलाई सहज बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी खपत गर्ने ग्राहकलाई पाँच प्रतिशत भ्याट लाग्दै आएको छ ।  मन्त्री श्रेष्ठले एउटै नदीमा विद्युत् उत्पादनका लागि विगतमा धेरै आयोजनालाई जथाभावी अनुमति दिइएको पाइएको भन्दै त्यसलाई व्यवस्थित र नियमन गर्न मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।
एउटै नदीमा धेरै आयोजना सञ्चालनका लागि अनुमति दिँदा नदीको प्राकृतिक बहाव प्रभावित भएको उल्लेख गर्दै उहाँले कतिपय स्थानमा मृत्यु संस्कारका लागि जाँदासमेत खोलामा पानी नहुने अवस्था रहेको बताउनुभयो । नदीलाई स्वतन्त्र रूपमा बग्न दिनुपर्नेमा उहाँको जोड थियो ।
स्थानीयवासी र जलविद्युत् प्रवद्र्धकबीच देखिने विवाद समाधान तथा उजुरीको सुनुवाइ गर्ने अधिकार विद्युत् नियमन आयोगमा रहेको उल्लेख गर्दै उहाँले केही विवाद समाधानको प्रक्रियामा अघि बढेको जानकारी दिनुभयो ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  आज देशभरको मौसम मुख्यतया सफा रहने
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   6   =