‘गौथली’ नयाँ स्वरूपमा पुनः आउँदै, साउन १ गतेदेखि प्रदर्शन

काठमाडौं । नेपाली चलचित्र जगतमा ‘गौथली’ एउटा स्थापित र भावनात्मक नाम हो। नेपालका प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा झण्डै दुई दशकअघि निर्माण भई प्रदर्शनको ५१औं दिन मनाउन सफल भएको यो चलचित्र अहिले नयाँ स्वरूपमा पुनः प्रस्तुत हुने भएको छ।
यसपटक ‘गौथली’लाई निर्देशक डा. कपिल रिजालले निर्देशन गरेका छन्। यसअघि उनले अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर चलचित्र ‘ह्यारीकी प्यारी’ निर्देशन गरेका थिए।
निर्माण पक्षले वितरक फाइनल गरेसँगै चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति साउन १ गते (जुलाई १७) तय गरेको छ।
चलचित्रमा नायक अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काको मुख्य जोडी देख्न पाइनेछ। साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपाली लगायत कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
निर्माण पक्षका अनुसार ‘गौथली’ शब्दले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रका कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्मातामा सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताका रूपमा रहेका छन्।
संगीतमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको योगदान रहेको छ भने पार्श्व संगीत एलिस कार्कीले दिएका छन्।
चलचित्रलाई हरि हुमागाईंले छायांकन गरेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन्।
आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक रहेका यस चलचित्रमा मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रंग संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।
चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १५, मंगलवार २३:०४‘गौथली’ नयाँ स्वरूपमा पुनः आउँदै, साउन १ गतेदेखि प्रदर्शन
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १५, मंगलवार २०:५२५ वर्षको प्रतीक्षापछि ‘एक मुठ्ठी बादल’मा अविरलको डेब्यु
समाचार२०८३ बैशाख १५, मंगलवार २०:३७बुधबार देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने,सतर्कता अपनाउन आग्रह
समाचार२०८३ बैशाख १५, मंगलवार १९:२२सरकारी विज्ञापनमा विभेदकारी निर्णय कार्यान्वयन नगर्न समन्वय समिति मार्फत धादिङका स्थानीय तहलाई पत्रकार महासंघको आग्रह








