Home कला, विचार/मनोरञ्जन ‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक

6
Google search engine

यो गीतमा निर्देशक रायमाझी स्वयंमसँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ । शब्द पनि निर्देशक रायमाझी स्वयंमले कोरेका हुन् । उनीसँगै प्रेमदेव गिरीले यसमा संगीत दिएका छन् । भिडियोमा चलचित्रमा मुख्य कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसँगै अर्का अभिनेता प्रशान्त तामाङलाई पनि प्रस्तुत गरिएको छ ।

शेखर घर्ती मगर, पूर्ण लामा र विवेक खड्का, रविता मगर, पवित्रा गुरुङ, विन्दु खड्का, लाक्पा लामा, सरस्वती धिमाल, प्रजी अहिना सुनार लगायतको नृत्य भिडियोमा हेर्न सकिन्छ । भिडियोका निर्देशक रामजी लामिछाने र गोविन्द राई हुन् । यसमा नृत्य निर्देशन भने कुलमान नेपाली र शेखर घर्ती मगरको हो ।

नेपाली चलचित्रमा कमै मात्र समावेश गरिने यसप्रकारको मौलिक झ्याउे गीतले स्रोता–दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको विश्वास छ । ‘परदेशी–२’ दशैंको छेको पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र प्रशान्तका साथमा वर्षा शिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ । चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । युवापुस्तामा रहेको विदेश मोहको कथामा आधारित चलचित्र सेन्सर पास भइसकेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here