मलेखुको माछामा हानिकारक कोलतार रङ्ग (सिम्पेथिक फुड कलर) मिसावट
धादिङ- सबैले मिठो मानेर खाने मलेखुको माछामा अखाद्य वस्तुको मिसावट भेटिएको छ । झट्ट हेर्दा खाउँखाउँ लाग्ने माछामा मानव स्वास्थ्यका लागि हानिकारक कोलतार रङ्ग (सिम्पेथिक फुड कलर) मिसावट गरेको भेटिएको हो ।
विक्रिका लागि राखिने अधिकांश माछामा रङ्ग मिसाएको भेटिएपछि जिल्ला प्रशासन कार्यालय धादिङबाट खटिएको अनुगमन टोलीले त्यस्ता माछाहरु बरामद समेत गरेको छ ।
राम्रो देखाउनका लागि माछा प्रशोधन गर्ने र आगोमा सुकाउने बेलामै ब्यपारीहरुले रङ्ग मिसाउने गरेको पाइएको छ । विक्रिका लागि सजाएर राखिएका अधिकांश माछामा खानै नमिल्ने रङ्ग मिसाइएको पाइएपछि अनुगमन टोलीले त्यस्ता माछाहरु जफत गरी नष्ट गरिदिएको छ ।
होटलहरुले सिलमा सजाएर पसल अगाडि झुण्डाएका माछा र प्रशोधन गर्दै गरेको ठाउँबाट अखाद्यय रंग लगाई राखेको भेटेका जति सबै माछा जफत गरेर नष्ट गरेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारीले बताउनु भएको छ ।
राजमार्गका होटलहरुमा पटक पटक अनुगन गरेर अखाद्य वस्तुको बारेमा सिकाएपनि अटेर गरिरहेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटका खाद्य निरिक्षक नवराज श्रेष्ठले बताउनु भएको छ । विक्रिका लागि माछा सेकाउने बेलामा नै कोलतार रङ्गको प्रयोग गरेको पाइएको हो ।
यो रङ्ग पकाएर खाँदा रसायनिक प्रतिकृया गरेर विषाक्त वस्तु बन्छ, त्यस्ता विषाक्त वस्तु मानव शरीरमा प्रवेश भएपछि क्यान्सर जस्ता घातक रोग लाग्ने र शरीरका अन्य अंगमा प्रत्यक्ष असर पार्ने छ ।
खाद्यय बस्तुमा अर्ग्यानिक रङ्ग प्रयोग गर्न पाइने भएपनि केमिकलयुक्त रङ्गले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले राम्रो देखाउन कै लागि यस्ता रङ्गको प्रयोग नगर्न सुझाव समेत अनुगमनका क्रममा दिइएको छ ।
राजमार्गका होटल तथा पसलहरुमा यस अघिदेखि नै पटक पटक अनुगमन गरी सामान्य कारबाही गरिरहेकोमा अबदेखि भने यस्तो गरेको पाईएमा कडा कारबाही गर्ने र अटेर गर्नेको व्यवसाय नै सिल गर्ने चेतावनी समेत अनुगमनका क्रममा दिईएको छ ।
धादिङको राजमार्ग क्षेत्रका होटल, पसलहरुको अनगुगमन गर्ने क्रम स्थानीय प्रशासनले पछिल्लो सातादेखी निकै तिब्र बनाएको छ ।
अनुगमन टोलीले मलेखुका माछा प्रशोधन केन्द्र, माछा पसल र होटलहरुबाट हानिकारक रङ्ग मिसावट गरिएको भेटिएका सबै माछा जफत गरेको छ । अनुगमनका क्रममा त्यस्ता माछा करिव एक सय पचास किलो बरामद गरेको हो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास