बैदेशिक रोजगारमा हुने ठगी न्युनीकरण गर्न प्रशासनसँग छलफल

धादिङ,२१ मंसिर
बैदेशिक रोजगारको क्रममा हुने ठगी न्युनीकरण गर्नको लागि जिल्ला प्रशासन कार्यालय धादिङसँग छलफल गरिएको छ । बैदेशिक रोजगारलाई सुरक्षित,मर्यादित र भरपर्दो बनाउने उदेश्यले जिल्ला प्रशासन कार्यालय सँग समन्वयात्मक बैठक सम्पन्न गरीएको हो । नीलकण्ठ नगरपालिकाद्वारा सन्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय धादिङसँगको समन्वयात्मक बैठक सम्पन्न भएको नीलकण्ठ नगरपालिकाका सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो ।

बैठकमा राहदानी बनाउने आउने व्यक्तिहरुलाई सहज रुपमा सेवा प्रवाह कसरी गर्ने,बैदेशिक रोजगारीमा देखीएको समस्या कम गर्नको लागि आवश्यक समन्वय कसरी गर्ने,बैदेशिक रोजगारीको क्रममा हुने ठगीका घट्नाहरुलाई कम गर्न र जिल्ला प्रशासन कार्यालयको भुमिका लगायत सुरक्षित आप्रवासन सामी कार्यक्रमले सन्चालन गरेको आप्रवासी स्रोत केन्द्र,सिप तालिम,वित्तीय साक्षरता कक्षा,मनोसामाजिक परामर्श र न्यायमा पहुँचमा गरिएको कामको विषयमा छलफल भएको थियो ।बैठकमा सुरक्षित आप्रवासन सामी कार्यक्रम संयोजक दिनेश दुवाडीले नीलकण्ठ नगरपालिकाद्वारा सन्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रम मार्फत जिल्लामा भएको गतिविधिहरुको विषयमा जानकारी गराउनु भएको थियो ।

बैठकले विभिन्न निर्णय गरेको छ । समुदाय तहमा सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी कार्यक्रम लैजाने र सचेतना अभिप्रेरित गर्ने,सन्चालन भएको कार्यक्रमलाई थप प्रभावकारी बनाईने,जिल्लामा बैदेशिक रोजगारीका ठगीका घट्ना र उजुरीमा प्रमाण संकलन गरि प्रमुख जिल्ला अधिकारी समक्ष आप्रवासी स्रोत केन्द्रले पेश गर्न सहयोग गर्ने निर्णय भएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत राममणी मिश्र,नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्याय,सामाजिक विकास समितिका संयोजक चिनामाया श्रेष्ठ, आन्तरिक लेखा परिक्षक तथा सामी फोकल पर्सन नारायण प्रसाद न्यौपाने,सामी कार्यक्रम अधिकृत भागीराम चौधरी,डिप्रोस नेपालका क्षेत्रीय संयोजक अर्जुन शाही,कार्यक्रम संयोजक दिनेश दुवाडी,सामाजिक परिचालक अधिकृत सम्झना भण्डारी लगायत जिल्ला प्रशासन कार्यलयमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३, आईतवार ०६:५५कोलकाताले गुजरातलाई हरायो, आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन








