उच्च रक्तचाप नियन्त्रणका उपायबारे काभ्रेमा छलफल

काभ्रेपलाञ्चोक, २२ मङ्सिर । उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकमा बृहत् छलफल सुरु गरिएको छ । धुलिखेलमा बिहीबारदेखि थालिएको कार्यशाला काभ्रेपलाञ्चोक, धादिङ, रामेछाप, चितवनलगायत जिल्लाका सरोकारवालाको सहभागिता छ ।
उच्च रक्तचाप भएका व्यक्तिको पहिचान, परीक्षण गर्दै जोखिम न्यूनीकरण नियन्त्रण गर्ने उद्देश्यले नेपालमा नै पहिलो काभ्रेपलाञ्चोकमा सुरु गरिएको ‘बागमती–काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यास्केड इनिसिएटिभ्स’ कार्यक्रमअन्तर्गत धुलिखेलमा दुई दिवसीय कार्यशाला थालिएको जनाइएको हो । विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा तीनै तहका सरकारको सहभागितामा काभ्रेपलाञ्चोकमा सुरुआत गरिएको कार्यक्रम जिल्लाका १३ वटै स्थानीय तहमा लागू गरिएको छ ।
उच्च रक्तचाप भएकाको पहिचान, निदान, उपचार र नियन्त्रणका लागि अभियानअन्तर्गत काम गरिहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका निमित्त प्रमुख अनिता खनालले बताए । उनका अनुसार अभियानअन्तर्गत जिल्लाका १३ स्थानीय तहका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिमका साथै प्रारम्भिक चरणमा न्यूनतम उपकरणसमेत प्रदान गरिएको छ ।
यस्तै कार्यालयले तीन लाख ७२ हजार नौ सय ५१ नगरिकमध्ये उच्च रक्तचापको सम्भावित जोखिममा रहेका जिल्लाका ५० हजार ५० जनामध्ये पहिलो वर्षमा १५ प्रतिशतलाई सेवा प्रदान गरिने लक्ष्य राखेको छ । जिल्लामा सन् २०२३ मे महिनाबाट उच्च रक्तचापसम्बन्धी नमूना कार्यक्रम सुरु गरिएको थियो । कार्यशालामा हालसम्म भएका प्रगतिबारे पनि छलफल हुने जनाइएको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा खगेश्वर गेलालले नेपालमा नै नमूनाको रूपमा सुरु गरिएको अभियानको सफलताका आधारमा अन्यत्र लागू गर्न योजना बनाइने बताए । उनका अनुसार नसर्ने रोगको प्रकोप बढिरहेकाले मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रमसँग सहकार्य गरी उच्च रक्तचाप नियन्त्रण गरिने छ ।
नागरिकमा उच्च रक्तचाप बड्नुमा वातावरण प्रदूषण, बढी मात्रामा नुनको प्रयोग, बोसोयुक्त तथा अत्यधिक चिल्लो खाद्यपदार्थ सेवन, बढ्दो जङ्कफुडको प्रयोग एवं जीवनशैलीमा सक्रियपनको कमी, मानसिक तनाव, धेरै मात्रामा रक्सी सेवन, चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग प्रमुख कारक रहेको जनाइएको छ । यस्तै उच्च रक्तचापका कारण मुटु, मानसिक, मिर्गौलामा समस्याजस्ता घातक रोग लाग्ने भएकाले समय–समयमा आफ्नो स्वास्थ परीक्षण गराउनुपर्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३, आईतवार ०९:४५वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान
खेलकुद२०८३ जेष्ठ ३, आईतवार ०६:५५कोलकाताले गुजरातलाई हरायो, आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा








