विश्वाविद्यालय सञ्चालन अघि अस्पताल सुदृढ बनाउनुपर्छ

सुदूरपश्चिम– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटास्थित प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन अघि अस्पताललाई बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाउनुपर्ने जनताको चाहना पूरा गर्न पहिले सबै मिलेर अस्पताललाई बलियो बनाउनुपर्छ भन्नुभयो ।
अस्पतालको पक्षलाई बेवास्ता गरेर अघि बढेमा विश्वविद्यालय सञ्चालन गर्न कठिन हुने जनाउँदै उहाँले भन्नुभयो, “गेटाको योजना शानदार हो, अस्पताल बलियो नभईकन मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विश्वविद्यालय बलियो हुँदैन ।”
प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्याय परिसरमा रहेका भवन संरचनामा केही महिनादेखि अस्पताल सञ्चालनमा गरिएको छ ।
यसअघि धनगढीमै आयोजित नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को सार्वजनिकीकरण कार्यक्रममा मन्त्री बस्नेतले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि चिकित्सा शिक्षा ऐन संशोधन गर्न लागिएको जानकारी दिनुभयो ।
चिकित्सा शिक्षामा सुधार गर्न सकिएमा विदेश पढ्न जानेबाट बाहिरिने ठूलो रकम देशमै रोकिने भई बाहिरबाट पढ्न आउनेबाट धन स्वदेशमा भित्रिई रोजगारीसमेत सिर्जना हुने बताउनुभयो ।
विसं २०५४ पछि पहिलोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ठूलो सङ्ख्यामा स्वास्थ्य कर्मचारीको दरबन्दी थपिन लागिएको जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनै तहका सरकारले संयुक्तरुपमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो । समग्र स्वास्थ्यका बारेमा स्पष्ट हुन जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, “गेटामा प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कुन रुपमा अगाडि बढाउने भन्नेमा केही अस्पष्टता देखिएको छ, अब ठोस रुपमा यसको निदान खोज्नुपर्छ ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कार्यक्रममा सहभागी पालिका तहका प्रमुख तथा उपप्रमुखले स्वास्थ्य सुधार र जनशक्तिलगायत विषयमा उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो ।
मन्त्रालयका डा कृष्णप्रसाद पौडेलले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गर्नुभएको थियो । मन्त्रालयकै डा चुमनलाल दासले मातृमृत्यु दरको अवस्थालगायत विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशको औषत परिवार सङ्ख्या, खाद्यान्नको अवस्था, जन्मदर्ता, रोजगारीको अवस्था, मदिरा र सुर्तीजन्य पर्दाथको प्रयोग, प्रजनन दरलगायत सूचकहरु सार्वजनिक गरिएको थियो ।
सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा सुदूरपश्चिम प्रदेशमा मातृमृत्यु दर, स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या, परिवार नियोजन गराउनेको सङ्ख्या पहिलेको भन्दा सुधार आएको उल्लेख गरिएको छ । बाल मृत्युदरमा भने सुधार आउन नसकेको जनाइएको छ । हरेक पाँच वर्षमा नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण गर्ने गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग








