भुवन र जुनाको ‘हे सानू’ मा विदेशिनु पर्दाको पिडा (भिडियो)

काठमाडौंँ । गायक बिनोद दनुवारको स्वर रहेको गीत ‘हे सानू’ सार्वजनिक गरिएको छ । नवराज घिमिरेको शब्द तथा संगीत रहेको गीतको भिडियो युके इन्टरटेन्मेटले सार्वजनिक गरेको हो । भिडियोमा मोडल भुवन के.पोखरेल र जुना कार्की फिचर्ड छन् । नेपाली युवा विदेशिनु पर्दा उसको प्रेमीका र घरपरिवारले कस्तो पिडा भग्नुपर्छ भनेर भिडियोले देखाएको छ । भिडियोमा भुवन र जुनाको अभिनय सुहाउँदो छ ।
गीतका शब्द निकै मार्मिक र मर्मस्पर्सी रहेकाले भिडियो पनि त्यस्तै बनेको मोडल भुवन के पोखरेल बताउँछन् । अहिलेसम्म दुई दर्जन बढी म्युजिक भिडियो तथा बिभिन्न टेलिसिरियलमा अभिनय गरिसकेका भुवनले गीतबाट राम्रो प्रतिक्रिया पाउने आशा गरेका छन् । गीत मार्मिक बिषयमा तयार भएकोले दर्शक श्रोताको मन जित्ने बिश्वास लिएको गायक बिनोद बताउँछन् । भिडियोको छायांकन, सम्पादन र निर्देशक प्रवेश पोखरेलले गरेका हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १३, शुक्रबार १७:१४‘यानीमाया’को फस्टलुक सार्वजनिक, पल र अञ्जनाको प्रेमिल जोडी
समाचार२०८२ चैत्र १३, शुक्रबार १५:३६नवनियुक्त सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा पदभार ग्रहण
समाचार२०८२ चैत्र १३, शुक्रबार १३:३७यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १३, शुक्रबार ०९:२८‘हामी तीन भाइ’ प्रदर्शनमा | Celebrity Nepal








