डेल्फिकको कार्यक्रममा बोर्डको सहभागिता रोक्न प्रवक्ताले दिए मन्त्रालयमा निवेदन
काठमाडौं । बेलायतमा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागिताको विषयलाई लिएर चलचित्र विकास बोर्डका पदाधिकारीबीचको मतभिन्नता सतहमा आएको छ । कार्यक्रममा अध्यक्ष भुवन केसी र बोर्डको सहभागितालाई रोक्न निर्देशनको माग गर्दै प्रवक्ता तथा सदस्य केएल बुढाथोकीले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएका छन् ।
बुढाथोकीले मन्त्रालयमा पेश गरेको पत्रमा कार्यक्रमको आयोजक संस्था इन्टरनेसनल डेल्फिक काउन्सिल नेपालको आर्थिक पारदर्शिता र उद्देश्यमाथि प्रश्न उठाएका छन् । उक्त संस्थाले ‘नेपाली चलचित्रको ६ दशक, चुनौतीहरु र अन्तर्राष्ट्रिय बजारको खोजी’ नामक कार्यक्रम लण्डनमा माघ ६ देखि ११ गतेसम्म गर्ने जनाइएको पत्रमा उल्लेख छ । बुढाथोकीले मन्त्रालयमा बुझाएको पत्रमा लेखेका छन्, ‘कार्यक्रमको विश्वसनीयता र गरिमा बढाउन चलचित्र विकास बोर्डको सहभागिताको प्रचार व्यापक गरिएको छ । यो एकप्रकारको बोर्डको दुरुपयोग हो ।’
केही वर्षयता विदेश घुमाउने मोह देखाएर चलचित्र क्षेत्रको प्रवद्र्धनको नाममा पैसा कमाउने धन्दा फस्टाएको र यसले गर्दा कार्यक्रमको विश्वसनीयता र प्रतिष्ठा घट्दै गएको बुढाथोकीले उल्लेख गरेका छन् । उनले यसको बोधार्थ पत्र निर्देशक समाज, निर्माता संघ, कलाकार संघ र चलचित्र पत्रकार संघलाई पनि पठाएका छन् । यो कार्यक्रमका लागि जाने तयारीमा रहेका केहीको भिसा आइसकेको जनाइएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास