आ. व. २०८०/०८१ को दितिय त्रैमासिक तथा अर्धबार्षिक प्रगति समिक्षा गोष्ठी

कृषि बिकास निर्देशनालय, पोखरा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय को संयुक्त आयोजना मा संचालित आ. व. २०८०/०८१ को दितिय त्रैमासिक तथा अर्धबार्षिक प्रगति समिक्षा गोष्ठी कार्यक्रम भएको छ। कृषि बिकास निर्देशनालयको सभाहलमा तिन दिन सम्म संचालन हुने उक्त कार्यक्रम कृषि बिकास निर्देशनालय, पोखराका महानिर्देशक वासुदेव रेग्मीको अध्यक्षतामा कार्यक्रम संचालन भएको छ भने सो कार्यक्रम प्रमुख अतिथि कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका माननीय श्री महेन्द्रध्वज जी सी को उपस्थिति रहेको थियो। त्यस्तै विभिन्न
नीति तथा योजना आयोगका सदस्य कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेश का प्रदेश सचिव सहदेव प्रसाद हुमागाईं , पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय का महानिर्देशक डा .प्रेरणा सेढाँइ भट्टराई ,राष्ट्रिय पशु प्रजनन केन्द्र का कार्यलय प्रमुख डा. जगदीश पाण्डे भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पोखराका प्रमुख शम्भुराज पाण्डे लगाएतक व्यक्तिको उपस्थिती रहेको थियो। महानिर्देशक वासुदेव रेग्मीलेआउदो आर्थिक बर्षमा नयाँ कार्यक्रम ल्याउने योजना भएको बताउनु भयो।
अब आउने कार्यक्रमलाइ नयाँ शैलीबाट आकर्सित तबरले संचालन गर्ने जानकारी गराउनु भयो । तहको सरकारको समन्वय र सहकार्यको तालमेल नमिल्दा योजनाहरुको गति सुस्त भएको बताउदै अब स्थानिय सरकार संग छलफल गरि मात्रै अघि बढ्न धारण राख्नु भयो।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ७, बिहीबार २०:३८पोखरामा ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै
समाचार२०८३ जेष्ठ ५, मंगलवार ०६:३४किशाेरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा
समाचार२०८३ बैशाख २१, सोमबार १५:४२फेवा मापदण्डमा विज्ञको आपत्ति: ६५ मिटरको रेखालाई ‘वैज्ञानिक आधारविहीन’ को संज्ञा









