राप्रपा अध्यक्षको कटाक्ष- रेखालक्षित‘एउटी आमा आफ्नो देशमा सन्तान जन्माउन चाहँदिनन्’

यही माघ अन्तिम अथवा फागुनको पहिलो हप्ताभित्र अभिनेत्री रेखा थापा आमा बन्दैछिन् । यतिबेला उनी श्रीमानको साथमा अमेरिकामा छिन् । उनले पहिलो सन्तानलाई अमेरिकामा जन्म दिएर त्यहीँको नागरिक बनाउन लागेकी हुन् । उनको यो निर्णयप्रति सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भइरहेका छन् । अब उनकै पार्टीका नेताले समेत कटाक्ष गर्न थालेका छन् ।
उनी केन्द्रीय सदस्य रहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्थाका कारण अहिले एउटी आमा आफ्नो सन्तान नेपालमा जन्मियोस् भन्ने नचाहने गरेको उल्लेख गर्दै घुमाउरो रुपमा रेखाको उदाहरण दिएका छन् । शनिबार काठमाडौंमा राष्ट्रियतासम्बन्धी प्रवचन कार्यक्रममा उनले रेखालाई इंकित गर्दै एउटी चर्चित कलाकार सन्तान जन्माउनका लागि अमेरिका गएको बताएकी हुन् ।
उनले भनेका छन्, ‘एकजना चर्चित कलाकारले बेबी प्लान भनेर पोष्ट गर्नुभयो र प्लेन उडेको देखाएर अमेरिका लेख्नुभयो । भनेको नानी जन्माउन अमेरिका हिँडेको । जीवनमा एउटी महिलाले पहिलोचोटी प्राप्त गर्ने सन्तान आफ्नो धर्तीमा, आफ्नो देशमा जन्माउन चाहँदिनन् र ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य सुरक्षित देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?’
लिङ्देनको अभिव्यक्तिमा देशको यथार्थसँगै रेखाप्रति कटाक्ष पनि छ । अब यसले लिङ्देन र रेखाबीच दरार उत्पन्न गराउन सक्ने अड्कलबाजी सुरु भएको छ । रेखा पार्टीमा लिङ्देन पक्षधर हुन् । राप्रपाको अधिवेशनमा उनी लिङ्देनकै प्यानलबाट महामन्त्रीमा उठेकी थिइन् । त्यसमा पराजीत भएपछि लिङ्देनले उनलाई केन्द्रीय सदस्य बनाए । तर, अब उनीहरुबीच टसल बढ्ने देखिन्छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ६, मंगलवार १०:३३गण्डकी कोटिहोम महायज्ञको ७५ प्रतिशत काम सकियोः वालयोगेश्वर महाराज
समाचार२०८१ फाल्गुन ३, शनिबार १९:२०पोखराको पुम्दिकोटमा कैलाशधाम निर्माणको लागि श्रीमद्भागावत ज्ञान महायज्ञको तयारी
समाचार२०८१ माघ २७, आईतवार २०:३०जस्तोसुकै कठिन परिस्थिति सृजित भएता पनि कोटिहोम गरेरै छाड्ने- धर्मगुरु विजय कृष्णमूर्ति
समाचार२०८१ माघ ११, शुक्रबार १७:१७ग्राहकको सेवालाई ख्याल गरि फिस्टेल डिपार्टमेन्टल स्टोर संचालनमा