Home समाचार गुल्मी तम्घासको सफल र सम्पन्न आयुर्वेद पसलमा सिल

गुल्मी तम्घासको सफल र सम्पन्न आयुर्वेद पसलमा सिल

3
Google search engine

गुल्मी- गुल्मीको तम्घासमा रहेको सम्पन्न आयुर्वेद पसल जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको छ । अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गरेको गुनासो आएपछि आयुर्वेद सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

तम्घासको पुरानो बजारमा रमेश अधिकारीले सञ्चालन गर्दै आएको सम्पन्न आयुर्वेद पसल र सफल होमियोप्याथिक औषधी पसल सिल भएको हो । औषधी खुद्रा बिक्रीको लागि दर्ता भएको उक्त पसले गैरकानुनी ढंगले क्षेत्र अधिकार बाहिर रहेर उपचार र ल्याब सेवा सञ्चालन गरेको पाइएको छ ।

उक्त पसलले आयुर्वेद र एलोपेथिक औषधीहरु राख्ने गरेको, एक्स–रे तथा भिडियो–रे सेवा, फिजियो थेरापी र नेबुलाइजर सेवा पनि प्रवाह गरेको पाइएको छ । साथै बिरामी भर्ना गरेर भिन्नि ढंगले उपचार गर्दै आएको पनि पाइएको अनुगमनकर्ताले फेला पारेका थिए ।

अधिकारीले रेसुङ्गा नगरपालिका वडानम्बर ८ मा पसल र वडानम्बर ९ मा ल्याब र औषधीको ठूलो जोदाम राखेर सेवा प्रवाह गर्दै आएको फेला परेको प्रशासनले जनाएको छ । आयुर्वेदले गम्भीर प्रकृतिका बिरामी हेर्ने, औषधि वितरण गर्ने र प्रयोगशाला संचालन गरेको गुनासो आएपछि आयुर्वेद बन्द गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनु्भयो ।

सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले आयुर्वेद सिल गरेको हो । उक्त आयुर्वेद पसलले आठ कोठामा औषधि, प्रयोगशाला र बिरामी कुरुवा कक्ष सञ्चालन गरेको छ ।

रेसुङगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन काउछाको रोहबर, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रतिनिधि र प्रहरी समेतले आयुर्वेद सिल गरेको हो । आयुर्वेद शिलपछि टोलीले थप अनुसन्धान समेत गरिरहेको छ । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जनगुनासो आएपछि आयुर्वेद बन्द गरेको बताउनुभयो ।

प्रारम्भिक अनुसन्धानमा अधिकार क्षेत्रभन्दा बाहिर रहेर सञ्ंचालन गरेको पाइएकाले हाललाई आयुर्वेद सिल गरेको थप अनुसन्धान जारी रहेको शर्माले बताउनुभयो । अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गर्ने अधिकार कसैलाई नभएको भन्दै अनुसन्धान पश्चात के कारवाही गर्ने भन्ने बारेमा निर्णय लिइने शर्माले बताउनुभयो ।

जनताको स्वास्थ्य माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको र यदि सबै प्रमाणित भएमा कानून अनुसारको कारवाही गरेरै छाड्ने प्रशासनले चेतावनी दिएको छ ।

जिल्ला सदरमुकामै क्षेत्र अधिकार बाहिर रहेर आयुर्वेद पसल सञ्चालन गरेर स्वास्थ्य जस्तो सम्बेदनशिल बिषयमा खेलबाड हुँदै आएको प्रति नागरिकको गुनासो रहेको छ । उक्त पसलले गम्भीर प्रकृतिका बिरामी भर्ना गर्ने र चेक जाँच गर्ने गरेको आरोप स्थानीयको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here