१५औं वार्षिकोत्सवको अवसरमा इसेवाले ल्यायो १५ नयाँ अफर

इसेवाले १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना सम्पूर्ण ग्राहकवर्ग, एजेन्ट सञ्जाल तथा मर्चेन्टहरू प्रति कृतज्ञता जाहेर गर्दै १५ दिनमा १५ विभिन्न आकर्षक अफरहरू ल्याएको बताएको छ।
आफ्नो १५औं वार्षिकोत्सवमा धेरै भन्दा धेरै प्रयोगकर्तालाई लाभ पुर्याउनका लागि टपअप, हवाई टिकट, बैंक लोड, इसेवा केयर, स्पिकर खरिद, होटल बुकिङ लगायतका विविध सेवाहरूमा आकर्षक अफर इसेवाले ल्याएको हो।
यी सबै अफरबारे थप जानकारी इसेवाको आधिकारिक सामाजिक सञ्जालमा उपलब्ध हुने पनि इसेवाले जनाएको छ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, हामीलाई यो अवस्थामा आउन सहयोग गर्नुहुने सम्पूर्ण इसेवा प्रयोगकर्ता, एजेन्ट सञ्जाल, मर्चेन्ट, पाटनर्स बैंक, नियमक निकाय, कर्मचारी साथी, प्रेस र सम्पूर्ण शुभचिन्तकलाई आभार प्रकट गर्न चाहन्छौँ।
हामीले आगामी दिनमा इ–सेवाको मोबाइल एपलाई सम्पूर्ण आम मानिसको हरेक क्रियाकलापमा साथ दिनलाई थप विविध सेवाहरू अझ सुदृढ रूपमा लिएर आउने लक्ष्य लिएका छौँ।
डिजिटल कारोबारको प्रणालीलाई अपनाएर निरन्तरको यो साथका लागि सधैं आभारी रहेको पनि इसेवाले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग








