गंगालालमा डा. सञ्जयसिंह केसीको नेतृत्वमा ९३ वर्षीया बेलकुमारी श्रेष्ठको जटिल शल्यक्रिया सम्पन्न

काठमाडौं, १७ माघ । काभ्रे स्थायी घर भएकी ९३ वर्षीय बेलकुमारी श्रेष्ठ मुटुको चाल र दाहिने नशा पूरै बन्द भएको अवस्थामा गंगालाल हृदयरोग केन्द्र उपचारको लागि पुगेकी थिईन् । उनको उपचार डा. सञ्जय सिंह केसीले गरेका हुन् ।
माघ ११ गते उपचारको लागि पुगेकी श्रेष्ठको मुटुको चाल बन्द भएको थाहा भएसँगै सो अस्पतालका मुटुरोग विशेषज्ञ डा. केसीको नेतृत्वमा गति बन्द भएको मुटुको दाहिने नसा नै प्राईमेरी एंजियोप्लास्टी गरेर तत्काल बन्द भएको नसालाई उपचार गरी श्वाँसप्रश्वाँस सहज बनाइएको हो ।
यस्तोखाले विरामीको उपचार गरेको डा. सिंहको लागि पनि पहिलो थियो । नेपालमा यसरी ९३ वर्षको उमेरमा मुटुको सफल शल्यक्रिया भएको यो पहिलो घट्ना हुनसक्ने डा. केसीले जनाए । अहिले विरामीको अवस्था एकदमै राम्रो छ । परिवारमा पनि खुशीयाली छाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १३, आईतवार १७:०३वास्तविक सुकुम्बासीलाई अर्को व्यवस्था नभएसम्म होटलमा बस्ने ब्यवस्था
खेलकुद२०८३ बैशाख १३, आईतवार १६:३०दसौं पीएम कप :न्यु डायमण्डकाे लगातार तेस्रो जित
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक
समाचार२०८३ बैशाख १३, आईतवार ०७:५१म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो







