गंगालालमा डा. सञ्जयसिंह केसीको नेतृत्वमा ९३ वर्षीया बेलकुमारी श्रेष्ठको जटिल शल्यक्रिया सम्पन्न

काठमाडौं, १७ माघ । काभ्रे स्थायी घर भएकी ९३ वर्षीय बेलकुमारी श्रेष्ठ मुटुको चाल र दाहिने नशा पूरै बन्द भएको अवस्थामा गंगालाल हृदयरोग केन्द्र उपचारको लागि पुगेकी थिईन् । उनको उपचार डा. सञ्जय सिंह केसीले गरेका हुन् ।
माघ ११ गते उपचारको लागि पुगेकी श्रेष्ठको मुटुको चाल बन्द भएको थाहा भएसँगै सो अस्पतालका मुटुरोग विशेषज्ञ डा. केसीको नेतृत्वमा गति बन्द भएको मुटुको दाहिने नसा नै प्राईमेरी एंजियोप्लास्टी गरेर तत्काल बन्द भएको नसालाई उपचार गरी श्वाँसप्रश्वाँस सहज बनाइएको हो ।
यस्तोखाले विरामीको उपचार गरेको डा. सिंहको लागि पनि पहिलो थियो । नेपालमा यसरी ९३ वर्षको उमेरमा मुटुको सफल शल्यक्रिया भएको यो पहिलो घट्ना हुनसक्ने डा. केसीले जनाए । अहिले विरामीको अवस्था एकदमै राम्रो छ । परिवारमा पनि खुशीयाली छाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…







