इराक र सिरियामा अमेरिकाको आक्रमण

अमेरिकाले सीरिया र इराकका ८५ स्थानमा हवाई आक्रमण गरेको छ । अघिल्लो साताको आइतबार जोर्डनस्थित अमेरिकी सैनिक अखडामा भएको ड्रोन हमलामा आफ्ना ३ जना सैनिकको मृत्यु र ४० जना घाइते भएको बदलामा अमेरिकाले यो आक्रमण गरेको बताएको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरान समर्थित लडाकुहरु रहेको ठाउँमा हमला गरिएको दावी गरेको छ । इरानले भने अमेरिकी सैन्य अखडामा भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ । इराकले अमेरिकी हमलाले खाडी क्षेत्रमा नै भयावह स्थिति निम्तनसक्ने चेतावनी दिएको छ ।
यदयपी अमेरिकी आक्रमणबाट भएको क्षतिको सम्वन्धमा भने विवरण सार्वजनिक गरिएका छैनन् । इराकमा २ हजार ५ सय, जोर्डनमा ३ हजार तथा सीरियामा ९ सय अमेरिकी सैनिक खटिएका छन् । यस बाहेक खाडीक्षेत्रमा रहेका विभिन्न मुलुक तथा उद्योगहरुमा समेत अमेरिकी सेना तैनाथ छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








