निगमका काठमाडौँ-दिल्ली-काठमाडौँ हवाई उडानमा क्यान्सरपीडितलाई छुट

काठमाडौँ- नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।
“विश्व अर्बुदरोग दिवस (विश्व क्यान्सर दिवस) का सन्दर्भमा यो रोग लाग्नबाट बचौँ र बचाऔँ भनी ऐक्यबद्धता जनाउँदै निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस् भनी नेपाल वायुसेवा निगमले डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर राहत समाजको सिफारिसका आधारमा निगमको काठमाडौँ–दिल्ली–काठमाडौँ सेक्टरको हवाई भाडादरमा अर्बुदरोग भएका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौँ”, निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न







