निगमका काठमाडौँ-दिल्ली-काठमाडौँ हवाई उडानमा क्यान्सरपीडितलाई छुट

काठमाडौँ- नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।
“विश्व अर्बुदरोग दिवस (विश्व क्यान्सर दिवस) का सन्दर्भमा यो रोग लाग्नबाट बचौँ र बचाऔँ भनी ऐक्यबद्धता जनाउँदै निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस् भनी नेपाल वायुसेवा निगमले डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर राहत समाजको सिफारिसका आधारमा निगमको काठमाडौँ–दिल्ली–काठमाडौँ सेक्टरको हवाई भाडादरमा अर्बुदरोग भएका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौँ”, निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २३, सोमबार २२:२३ज्वालामुखी गाउँपालिका किसानहरूलाई अनुदानमा हाते ट्याक्टर
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २३, सोमबार १९:०८काठमाडौं मेडिकल कलेजमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण, बिरामी घर फर्किए
खेलकुद२०८२ असार २३, सोमबार १९:००एनएसपीएल टी-१० क्रिकेट प्रतियोगिता हुँदै
कला, विचार/मनोरञ्जन२०८२ असार २३, सोमबार १८:०२विल्सन विक्रम राईको डेब्यु निर्देशनमा ‘मैझारो’, धीरज मगर मुख्य भूमिकामा