दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो

काठमाडौँ, २२ माघ । सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेला विरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको जानकारी दिए । उनले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए ।
अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई यो खोप लगाइने कार्यक्रम रहेको छ । उनका अनुसार भारतीय सेरम इस्सिच्युटले उत्पादन गरेको उक्त खोप गाभीको अनुदानमा उपलब्ध भएको हो ।
सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकालाई आगामी फागुन १३ गतदेखि चैत ७ गतेसम्म खोप अभियान संचालन गर्ने जनाइएको छ ।
भारतसँग सिमा जोडिएका तथा दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए । क्रमशः ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने उनको भनाइ थियो ।
सरकारले यसअघि नै भूकम्पका बेला जाजरकोट र पश्चिम रुकुममा खोप अभियान सञ्चालन गरिसकेको छ । सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालिएको हो ।
खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले खोप टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा रहेको जनाउँदै चाँडै नै जिल्लामा पठाइने बताए ।
दादुरा–रुबेला भएको बेला ज्वरो आउने, शरिरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने लक्षण दखिने भन्दै समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने उनले जानकारी दिए ।
सामान्यता दादुरा–रुबेला लागेका बिरामीको आँखा पाकेर अन्धो हुने, कान पाकेर नसुन्ने, निमोनिया भएर श्वासप्रश्वास फेर्न समस्या हुने गर्दछ । गतबर्ष १९ जिल्लामा दादुरा–रुबेला महामारीका रुपमा फैलिएको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र







