एक लाख घुस रकम सहित कलंकी नापी कार्यालयका सर्भेक्षक पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाईलाई १ लाख घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार चौलागाईलाई नगद १ लाख सहित पक्राउ गरेको हो ।टोलीले ‘एक लेखापढी कर्मचारी समेत उनि सँगै पक्राउ गरेको छ ।
”राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रमणी पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्रमणी पोखरेललाई सेवाग्राहीबाट रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत सहित नियन्त्रणमा लिएको अख्तियारले विज्ञप्तिमा उल्लेख छ ।
उनिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २३, सोमबार १०:५८सारिका घिमिरेको ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै







