आईसिसी यु–१९ विश्वकप क्रिकेट : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

काठमाडौं, माघ २६ । आईसिसी यु–१९ विश्वकपअन्तर्गत बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेका छ। अष्ट्रेलियाले अब उपाधिका लागि भारतसँग आइतबार खेल्नेछ।
दक्षिण अफ्रिकामा किस्तानले दिएको एक सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९ दशलमव १ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाए। ओलिभर पिएक ४९ रनमा आउट भए। त्यस्तै, टोम क्याम्पबेलले २५ रन बनाए। पाकिस्तानका अलि राजाले ४ तथा अरफत मिन्साहले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४८ दशलमव ५ ओभरमा १७९ रन बनाएको थियो। पाकिस्तानका लागि अरफत मिन्हासले सर्वाधिक ५२ र आजन आवैस ५२ बनाए। अन्यको प्रदर्शन उल्लेखनीय रहेन्। अष्ट्रेलियाका टम स्ट्याकरले ६ विकेट लिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १३, आईतवार १७:०३वास्तविक सुकुम्बासीलाई अर्को व्यवस्था नभएसम्म होटलमा बस्ने ब्यवस्था
खेलकुद२०८३ बैशाख १३, आईतवार १६:३०दसौं पीएम कप :न्यु डायमण्डकाे लगातार तेस्रो जित
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक
समाचार२०८३ बैशाख १३, आईतवार ०७:५१म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो








