नेपाल र चीनबीच भोली मैत्रीपूर्ण फुटबल हुने
काठमाडौं,२६ माघ । छिमेकी मित्रराष्ट्र चीनको नयाँ वर्षको उपलक्ष्यमा भोली नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता हुने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल र चीनबीच भोली मैत्रीपूर्ण खेल हुन लागेको जानकारी गराईएको हो ।
चीनसँगको मैत्रीपूर्ण खेलमा नेपालबाट नयाँ खेलाडीलाई मौका दिईने मुख्य प्रशिक्षक भिञ्चेन्सो अल्बर्टो एनेक्सले बताएका छन् । उनले नेपाली टिममा लामो समयदेखि नपरेका र राम्रो मेहनत गरेका खेलाडीले यसपटक मौका पाउने बताए । ८ दिनसम्म कडा मेहनत गरेको कारण नतिजा आफ्नोपक्षमा आउने विश्वास व्यक्त गरे ।
नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो । मैत्रीपूर्ण खेल चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको बताइएको छ ।
प्रतियोगिताको सह–आयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ छन् । खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुनेछन् । यस्तै, पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुतिहरु समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ । मैत्रीपूर्ण खेलमा लागि चिनियाँ टोली बुधबार नै काठमाडौं आइपुगिसकेको छ ।
खेल दशरथ रंगशालामा शनिबार दिउँसो ३ बजे सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकटदर साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, एन्फाले टिकट खरिद गर्ने दुईजना भाग्यशाली दर्शकका लागि काठमाडौं ल्हासा काठमाडौंको हवाई टिकट समेत प्रदान गरिने जानकारी दिएको छ ।
तस्बिर- मुकुन्द कालिकोटे / रिपोर्टर्स नेपाल
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास