बरिष्ठ मुटु रोग विशेषज्ञ डा.बुढाथोकीको नेतृत्वमा लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथल्याब सेवा सुरु

बरिष्ठ मुटु रोग विशेषज्ञ डा.बुढाथोकीको नेतृत्वमा लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथल्याब सेवा सुरु

काठमाडौं, ४ फागुन । लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथल्याब सेवा सुरु भएको छ। बरिष्ठ मुटु रोग विशेषज्ञ डा.अर्जुन बुढाथोकीको नेतृत्वमा हिजो एनजीओग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) सेवा सुरु गरिएको हो । डा.बुढाथोकीलाई सो कार्यका लागि डा.रोशन घिमिरेले साथ दिएका थिए।

“यो अस्पताल लुम्बिनी प्रदेशको धरोहर हो, हामीले क्याथल्याबमा पहिलो पाइला चालेका छौँ। निकट भविष्यमा नै थप सेवाहरु सुरु गर्नेछौँ। एन्जियोप्लास्टी (मुटु को धमनीमा जाली हाल्ने काम), पेसमेकर (मुटुको चाल कम हुँदा हालिने मेसिन सहितको व्याट्री) को सेवा पनि सुरु गर्ने छौं,’– डा। बुढाथोकीले भने ।

उनका अनुसार यो सेवाहरु सुरु भएपछी काठमाडौँ जानु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको छ । क्याथल्याब सञ्चालन टिम वर्क भएको र संघीय, प्रदेश मन्त्रालय, अस्पताल प्रशासन, नरसिंग स्टाफ र सहयोगी स्टाफको सहयोगले यो कार्य सम्भव भएको डा बुढाथोकीले बताए ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   2   =  

Protected by Spam Master