बल्ल ‘क्याथल्याब’ मेसिन उपयोगमा

लुम्बिनी, ४ फागुन । लुम्बिनी प्रादेशिक अस्पतालमा डेढ वर्षदेखि थन्काइएका मुटुसँग सम्बन्धित उपकरणको बल्ल सदुपयोग भएको छ । अस्पतालको कोठामा थन्किएका करोडौँ मूल्यका ‘क्याथ ल्याब मेसिन’बाट बिरामीको उपचार सुरुआत गरिएको छ ।
अस्पतालमा मुटु रोगका बिरामीको उपचारका लागि भनेर प्रदेश सरकारले खरिद गरेका करोडौँ मूल्यका यस्ता स्वास्थ्य उपकरण सञ्चालन नगरी थन्काइएको विषयमा गत भदौ २९ गते ‘महङ्गा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
यस्ता उपकरण सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनसँगै सेवा सुरु गरिएको मेडिकल सुपरिटेन्टेन्ट डा सुदर्शन थापाले जानकारी दिए । अस्पतालका अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा सुरु गरिएको उनले जानकारी दिए ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा अर्जुन बुढाथोकीसहितको विशेषज्ञ टोलीले अब प्रादेशिक अस्पतालमै मुटुको उपचार गर्नेछन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा बुढाथोकीको नेतृत्वमा बिरामीको एनजीओग्राम गरेर सेवा सुरु गरिएको र अबदेखि एन्जिओग्राम र एन्जियोप्लास्टिकका उपचार सेवा यहीँबाट गरिने मेसु डा थापाले जानकारी दिए ।
एन्जिओग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) सेवा सुरु भएको थप सेवा विस्तार हुँदै जाने उनले बताए । डा बुढाथोकीको नेतृत्वमा डा रोशन घिमिरेसहितको टोलीले अस्पतालमा मुटुका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । अब मुटुसम्बन्धी समस्याका बिरामीको रोगको छिटो पहिचान गरी उपचार सेवा प्रदान गर्न सकिने उनको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनका लागि २२ करोड विनियोज गरेको छ । सेवा सञ्चालनका लागि लुम्बिनी प्रदेशको पहिलो सरकारकै पालामा पहल भएको र हाल आएर सेवा सञ्चालनमा आएको हो ।
कार्डियोलोजी विभागका जनस्वास्थ्य निरीक्षक रामप्रसाद अर्यालका अनुसार अस्पतालमा सिमेन आरसीटी एस मेसिन रहेको यसले मुटुसम्बधी उपचार गर्न सकिनेछ । क्याथल्याबमा दुईजना चिकित्सक, दुई स्टाफ नर्स, एकजना एनेस्थेसिया र एक हेल्पर गरी जम्मा आठजनाले सेवा दिइने उनले बताए ।
मुटुसम्बन्धी समस्या भएर केही दिनअघि अस्पतालमा आएका दुईजना बिरामीको उपचार गर्दै सेवा सुरु भएको मेसु डाक्टर थापाले बताए । उपचारपछि दुवै बिरामीको अवस्था सामान्य भएको छ । लुम्बिनी प्रदेश अस्पतालले प्रदेशकै विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा बहिरङ्ग (ओपीडी) मा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् ।
अझै प्रयोगमा आएनन् पेट रोगको उपचारका मेसिन
प्रादेशिक अस्पतालमा ‘ग्यास्ट्रोइन्टेरोलोजिस्ट’को सेवा प्रदान गर्ने उद्देश्यले करिब डेढ वर्षअघि नै ‘इआरसीपी’ मेसिन र ‘मोटराइज्ड स्पाइलर इन्टेरोसेपी’ मेसिन गरिद गरेर राखिएको छ । यी स्वास्थ्य उपकरणमध्ये ‘इआरसीपी’ मेसिन बिरामीको पित्त तथा कलेजोबाट निस्कने नलीको भागलाई रोग पहिचानका लागि दूरबिनबाट हेर्ने र कुनै ठाउँमा पत्थरी रोकिएको रहेछ भने निकाल्ने तथा उपचार गर्ने प्रविधि रहेको प्रादेशिक अस्पतालका मेसु थापाले जानकारी दिए
यस्तै ‘मोटराइज्ड स्पाइलर इन्डोसकोपी’ भने बिरामीको आन्द्राको पूरै भागबाट हेरेर रोग पत्ता लगाउन प्रविधि रहेको मेसु थापाले जानकारी दिए । यी उपकरण सङ्घीय सरकारको विनियोजित बजेटबाट करिब ६ करोडभन्दा बढी लागतमा खरिद गरिएका हुन् ।
आधुनिक प्रकारका यी उपकरणसहितको सेवा सञ्चालन गर्न ‘इआरसीपी’, ‘इन्स्टरोस्कोपी’ विषयमा तालिम लिएको डिएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट जनशक्ति आवश्यक पर्ने हुन्छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार २१:३७बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी
समाचार२०८२ पुष १३, आईतवार २०:३२जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
समाचार२०८२ पुष १३, आईतवार १९:३५डा. शाक्यको ‘मेरो गीतभित्र’ बजारमा
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १३, आईतवार १५:११गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर « रिपोर्टर्स नेपाल







