जनकपुर प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा

काठमाडौं, ५ फागुन । मुख्यमन्त्री सरोजकुमार यादवले मधेस स्वास्थ विज्ञान प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको आज उद्घाटन गरेका छन् ।
मुटु रोगको उपचारका लागि अत्यावश्यक मानिएको क्याथ ल्याबको स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवका अवसर पारेर मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रकुमार सिंहले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार विकासमा मधेस प्रदेशले फड्को मारेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले दक्ष जनशक्तिको व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्यमन्त्री सिंहले मुटु रोगको विशिष्टीकृत उपचारका लागि थप विशेषज्ञ व्यवस्था गर्न प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिए ।
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.अङ्कुर साहले क्याथ ल्याब सञ्चालनमा आएपछि मुटु रोगीहरुलाई उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको बताए । मधेस प्रदेशमा सरकारीस्तरमा पहिलो क्याथ ल्याब सञ्चालनमा आएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न







