आर्यनको घातक बलिङसामू निरीह नामिबिया, १२३ रनमै अलआउट

काठमाडौं,७ फागुन । आईसीसी विश्व लिग-२ को खेलमा नेदरल्याण्डविरुद्ध नामिबिया निरीह देखिएको छ । त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा अलआउट हुँदै १२३ रन जोड्न सक्यो ।
नामिबियाका लागि जेजे स्मिथले २६, रविन ट्रम्पबेलले २०, जेनी ग्रिनले १९ तथा कप्तान ग्रेहार्ड इराम्सु रनिकबोलस डाभिनले समान १३ रन जोडे ।
नामिबियालाई कन्तबिजोग बनाउनेक्रममा नेदरल्याण्डका आर्यन दत्तले घातक बलिङ गरे ।९ ओभरमा ३४ रन खर्चिएका उनले एक्लैले ६ विकेट लिएपछि नामिबियाको पाली धरासायी बन्यो ।
नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । आर्यनले मात्रै तीन ओभरमा ४४ रन खर्चिदै खराब प्रदर्शन गरेका थिए । कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए ।
नामिबियाले पहिलो खेलमा नेपाललाई रहाएको थियो । नेपाल र नामिबियाबीचको दोस्रो खेल बुधबार हुँदैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न








