गोरखा – पालुङटार नगरपालिका–१० मिरकोटको लाजिकोटस्थित बिशेश्वर महादेव मन्दिर पुनर्निर्माणमा लापरवाही भएको पाइएको छ । करिव चार सय बर्ष पुरानो उक्त मन्दिर पुनर्निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना परिवर्तन भएको भन्दै स्थानीयले असन्तुष्टी जनाएका छन् ।
यसअघि मन्दिरको ऐतिहासिक बुट्टा भएको टुँडाल समेत गायव बनाइएको मन्दिरका पुजारी छविलाल गिरीले बताउनुभयो । पुननिर्माणको क्रममा मन्दिरको ऐतिहासिक स्वरुप नै गुमेको भन्दै उहाले चिन्ता समेत व्यक्त गर्नुभयो ।
मन्दिरमाथि झिँगटी छाउँदा चार कुनामा कुखुराको भाले आकारको संरचना बनाएको प्रति पनि स्थानीयले असन्तुष्टी जनाएका छन् । बिश्वेश्वर महादेवलाई भालेश्वर बनाएको भन्दै स्थानीय हरिमाया थापाले भोग नदिने ठाउँमा किन कुखुराको भाले बनाएको भन्दै प्रश्न गर्नुभयो । पुनर्निर्माण हुनुअघि यस्तो संरचना नरहेको भन्दै उनले थपिएको उक्त संरचनाले मन्दिरको स्वरुप नै बिग्रिएको बताउनुभयो ।
यता वडाध्यक्ष रिखिराज धौरालीले पनि सो कुरामा सहमत जनाउँदै मन्दिर पुनर्निर्माणमा लापरवाही भएको बताउनुभयो । मन्दिर पुनर्निर्माणको क्रममा चुना सुर्की कम, माटो बढी प्रयोग भएको उहाले जानकारी दिनुभयो । पुराना काम नलाग्ने झिंगटी समेत प्रयोग गरेकाले बिरोध स्वरुप काम पनि रोकिदिएको उहाले बताउनुभयो ।
२०७२ सालको भूकम्पले क्षति पुगेको उक्त मन्दिर गोरखा संग्रहालयले हेर्ने गरी २०७८ साल असार १३ गते ठेक्का सम्झौता भएर काम अघि बढेको हो । तत्कालिन समयका गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीले पुननिर्माणको जिम्मा छायाश्वरी न्यू केपी जेभीले पाएको बताउनुभयो । उक्त मन्दिर पुननिर्माणका लागी ९० लाख रकम विनियोजन भएको थियो ।
करिव डेढ बर्षमा पुरानौ स्वरुप र शैलीमा उक्त मन्दिर पुननिर्माण भएको उहाले जानकारी दिनुभयो । यसअघि मन्दिरको बुट्टा भएका टुँडालहरु हटाएर किन सादा टुँडाल राखियो भन्ने प्रश्नको उत्तर दिदै उहाले भूकम्पअघि स्थानीय आफैले मन्दिर मर्मत गर्दा टुँडाल काटेर सानो बनाएकाले फिट नभएको बताउनुभयो । उक्त टुँडालहरुलाई आवश्यक ट्रिटमेन्ट सहित पुरानै बुट्टा भरेर प्रतिस्थापन गदै लाने योजना सहति सम्बन्धित वडा कार्यालयको सिफारिसमा पुरातत्व बिभागको निर्णय गराइरु गोरखा संग्रहालय परिसरमा राखिएको उहाले जानकारी दिनुभयो । कुखुरा भाले बनाएको बिषयलाई सामान्य रुपमा लिदै उहाले पुननिर्माण हुनुअघि पनि त्यहाँ भालेको जस्तै संरचना रहेको दावी गर्नुभयो । तर स्थानीयले भने यसअघिको संरचनामा कुखुराको भाले नरहेको बताउँदै आएका छन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८१ आश्विन २०, आईतवार १८:०२रक्तरञ्जित शक्तिपीठ र बलिप्रथाको उपादेयता
- समाचार२०८१ आश्विन १५, मंगलवार २०:१६विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा शोभायात्रा स्थगित
- राजनीति२०८१ आश्विन १३, आईतवार १५:३५बृहत विद्यार्थी भेला मार्फत नेविसंघ पिएन क्याम्पसको अध्यक्षमा तिमिल्सिना
- समाचार२०८१ बैशाख १२, बुधबार १९:४१धादिङको जिल्ला आयुर्वेद औषधालय १६ शैय्याको अस्पतालमा स्तरोन्नति