भोलीदेखि दादुरा-रुबेलाको खोप : सुदूरपश्चिमका पाँच लाख बढी बालबालिकालाई खोप लगाइने

अत्तरिया, फागुन १२ । सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ । दादुरा-रुबेला खोप अभियान २०८०–८१ अन्तर्गत प्रदेशका नौ जिल्लामा खोप लगाउन लागिएको हो ।
यही फागुन १३ गतेदेखि प्रदेशभरि एकसाथ सुरु हुने खोप अभियानमा नौ महिनादेखि ५ वर्षमुनिका दुई लाख नौ हजार सात सय ५५ जना र पाँच वर्षदेखि १५ वर्ष मुनिका तीन लाख १४ हजार ८४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य निर्देशनालय डोटीका खोप कार्यक्रम स्रोत व्यक्ति मीनराज जोशीले जानकारी दिए ।
कैलाली र कञ्चनपुरमा नौ महिनादेखि १५ वर्षमुनिका र अन्य सात जिल्लामा नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने योजना रहेको उनले बताए । उनका अनुसार कैलालीमा दुई लाख ४० हजार सात सय ५८, कञ्चनपुरमा एक लाख ६५ हजार पाँच सय ३२, डडेल्धुरामा ११ हजार सय सय २३, डोटीमा १८ हजार दुई सय ९५ र बैतडीमा २१ हजार तीन सय २४ जना बालबालिकालाई खोप लगाइने छ ।
दार्चुलामा १० हजार चार सय १०, बझाङमा १८ हजार तीन सय ७६, बाजुरामा १३ हजार नौ सय ४२ र अछाममा २३ हजार तीन सय ७९ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । खोप अभियानको तयारी पूरा भएको र औषधिलगायतका सामग्री सम्बन्धित खोप केन्द्रमा पुर्याइ सकिएको जनाइएको छ ।
प्रदेशभरि खोप अभियानमा छ हजार सात सय ६४ स्वास्थ्यकर्मी परिचालन, आठ हजार तीन सय ४० जना स्वयंसेवक खटिने तथा तीन हजार तीन सय ८२ वटा खोप सेसन रहने स्वास्थ्य निर्देशनायका निर्देशक डा जगदीश जोशीले बताए । खोप अभियानमा दादुरा–रुबेला खोपको बाहेक नियमित खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरी नियमित खोप पनि लगाइने उनले बताए ।
हाल यस प्रदेशमा एक सय १५ दादुराका बिरामी रहेको निर्देशनालयले जनाएको छ । जसमध्ये बाजुरामा १८, कैलालीमा ५९ र कञ्चनपुरामा ३८ जना बिरामी रहेको जनाइएको छ । सरकारले सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य राखेको छ । खोप पूर्ण निःशुल्क र सुरक्षित हुने भएकाले सबैले आफ्ना बालबालिकालाई नजिकको स्वास्थ्य केन्द्रमा लगेर खोप लगाउन सरोकारवालालाई उनले आग्रह गरे । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित
समाचार२०८२ चैत्र २२, आईतवार १०:४६पोखरामा ‘संस्कृत भजन वाटिका’







