भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सलाई नेपालले दियो १ सय ७३ रनको चुनौती

काठमाडौं । आईसीसी विश्वकप लिग-टु अन्तर्गत अन्तिम खेलमा नेदरल्याण्डस्लाई नेपालले १७३ रनको चुनौति दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९।३ ओभरमा १७२ रनमा अलआउट भयो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन जोडे । अन्तिममा करण केसीले २६ रन थपे ।
अन्य सबै ब्यारट फ्लप सावित भएको अवस्थामा कुशलले नेपालको स्कोर १०० रनमाथि लगेका थिए।
उनी भान डेर मेर्वेको बलमा क्याच आउट हुन पुगेका थिए । नेदरल्याण्ड्सविरुद्ध कुशलले ९३ बलमा ८ चौका सहयोगमा ६६ रन बनाए। उनी ३७ ओभरको तेस्रो बलमा आउट हुन पुगे।
आरिफ शेख ले २२ रन बनाएको खेलमा गुलशन झा ४ रनमा आउट भए । भने कप्तान रोहितकुमार पौडेलले १६, ओपनर आशिफ शेखले १७ रन जोडे ।
सुस्त प्रर्दशन गरिरहेको नेपाल एक समय ११ ओभरको समाप्तीमा २–५० को अवस्थामा थियो।
दीपेन्द्र सिंह ऐरी १ रनमा रन आउट भए। भिम सार्की शुन्य रनमा बोल्ड आउट भए। भीम ३० औँ ओभरको तेस्रो बलमा वास डे लिडको बलमा बोल्ड आउट भए।
त्यसअघि पाचौँ विकेटका रुपमा नेपालले दिपेन्द्र सिंह ऐरिलाई गुमाएको थियो। दिपेन्द्र १ रनमा रनआउट भए।
कप्तान रोहित १६ रन बनाउँदा क्याच आउट भए। ४० बलमा १६ रन बनाएका रोहित २५ औँ ओभरको तेस्रो बलमा आर्यन दत्तको बलमा नोआ क्रोसको हातबाट क्याच आउट भए।
१३ औँ ओभरको अन्तिम बलमा कुशल मल्ल एलबीडब्लु धरापमा पर्दै आउट भए। ९ बलमा २ रन बनाएका कुशल आर्यन दत्तको बलमा एलबीडब्लु आउट भए।
११ औँ ओभरको अन्तिम बलमा अनिल शाह बोल्ड आउट भए। ११ बलमा १ छक्का मद्धतमा ७ रन बनाएका अनिल भिभियन किंग्मा कै बलमा बोल्ड आउट भए।
ओपनर आशिफ शेख १७ रन बनाउँदा क्याच आउट भए। २७ बलमा २ चौका १ छक्का हानेका आशिफ नवौँ ओभरको तेस्रो बलमा भिभियन किंग्माको बलमा बास डे लिडको हातबाट क्याच आउट भए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित








