रुसी आक्रमणमा ३१ हजार युक्रेनी सैनिकको मृत्युः युक्रेनी राष्ट्रपति

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा परी ३१ हजार युक्रेनी सैनिकले वीरगति प्राप्त गरेको बताउनु भएको छ ।
रुसले शुरु गरेको पूर्णकालीन युद्धको दुई वर्षमा सो संख्यामा आफ्ना सैनिक सहिद भएको उहाँको भनाइ छ । रुसी सैन्य योजनालाई सहयोग पुर्याउने भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले घाइतेको संख्या भने सार्वजनिक गर्नुभएन ।
सामान्यतया युक्रेनी अधिकारीहरूले हताहतको तथ्याङ्क सार्वजनिक गर्दैनन् । यसअघि आएका अन्य अनुमानहरूमा हताहत हुनेको संख्या धेरै बढी छ । युक्रेनी रक्षामन्त्रीले आधाभन्दा बढी पश्चिमी सहायता आउन ढिलाइ भइरहेको बताउँदै त्यसले सीमा सुरक्षा र जीवनरक्षामै असर पर्ने बताएपछि राष्ट्रपतिले तथ्यांक सार्वजनिक गर्नुभएको हो ।
रुसी राष्ट्रपति पुटिनले सार्वजनिक गरेको तथ्यांक सत्य नरहेको बताउँदै डेढ लाख वा ३ लाखको संख्यामा सैनिक मारिएको र घाइते भएको भन्ने विवरण सत्य नरहेको प्रप्ट पार्नुभयो ।
आफ्ना लागि यही ३१ हजार सैनिकको मृत्यु पनि ठूलो क्षति भएको जेलेन्स्कीको भनाइ छ । युद्धमा भएको व्यापक क्षतिको बारेमा बोल्दै जेलेन्स्कीले रुसले कब्जा गरेको युक्रेनको क्षेत्रमा हजारौं नागरिकको मृत्यु भएको तर वास्तविक संख्या भने थाहा नभएको बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित








