नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी २० सिरिज पनि एक्सन स्पोर्टसमा

काठमाडौं, १५ फागुन । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंगलबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी २० त्रिकोणात्मक सिरिज हुँदैछ । नेपाल, नामेविया र नेदरल्याण्ड्स सहभागी उक्त टी २० सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडीवानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । पछिल्लो समय नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रशारण गरिरएको डिसहोमले त्रिकोणात्मक टी २० सिरिज पनि प्रशारण गर्ने सोमबार जानकारी गराएको हो ।
एक्सनस्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको सिरिजका साथै आइसीसी विश्वकप लिग टूको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण भएको थियो । टी २० सिरिज अन्तर्गत मंगलबार (२७ फेब्रुअरीमा) नेपालले नामिबियासँग खेल्ने छ भने २८ फेब्रुअरीमा नेदरल्याण्ड्ससँग खेल्ने छ । यसैगरी २९ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स भिड्दा मार्च १ तारिखमा नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन् । त्यसैगरी नेपाल र नेदरल्याण्ड्सको दोस्रो भेट मार्च २ हुने छ । तीन मध्य शीर्ष २ ले उपाधिका लागि मार्च ३ मा खेल्ने छन् । सबै खेल विहान साढे ११ बजेदेखि सुरुहुने छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








