ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन

ताप्लेजुङ, १६ फागुन । नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङद्वारा तीन दिनसम्म शिविर सञ्चालन हुने जनाइएको छ ।
तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन हुने डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिए । उनका अनुसार उक्त शिविर जिल्लास्थित नेत्रज्योति सङ्घ, तिलगङ्गा आँखा अस्पताल, सेवा फाउण्डेशन र फुङ्लिङ नगरपालिकाको संयुक्त पलहमा आयोजना गरिएको हो ।
शिविरमा छनोट भएका मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने आँखा उपचार केन्द्रले जनाएको छ ।
मोतियाविन्दुका बिरामीको छनोटका लागि जिल्लाको मैवाखोला र मिक्वाखोलामा यही फागुन १३ र १४ गते शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट ३७ जना मोतियाविन्दुका बिरामीको पहिचान भएको छ । परीक्षणका क्रममा ४० वर्षमाथि उमेर समूहका सेवाग्राहीलाई चस्मा तथा आवश्यकता अनुसारका औषधि निःशुल्क उपलब्ध गराइएको थियो ।
आजदेखि सुरु भएको शिविरमासमेत मोतियाविन्दुका बिरामीको पहिचान र उपचार हुनेछ भने भोलिदेखि शल्यक्रिया गरिने आयोजकले जनाएको छ । नेत्रज्योति सङ्घ ताप्लेजुङले यसअघि पनि निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै







