दुई दशकदेखि ‘राजेन्द्र गुरु’ कै वरिपरि कुस्ती पदक

महेन्द्रनगर (कञ्चनपुर), १८ फागुन । विसं २०५७ सम्म स्कुलस्तरको जुनियर राष्ट्रिय फुटबल खेलेका कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनगाउँका राजेन्द्र चन्दले फुटबलको यात्रा बिट मारेको वर्ष दिनमै कुस्ती खेलबाट सुदूरपश्चिमका लागि राष्ट्रिय कुस्ती प्रतियोगितामा पहिलो रजत पदक दिलाए ।
विसं २०५८ मा भएको कुस्तीको राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमका लागि पहिलो रजत पदक दिलाएका चन्द फुटबलमा पनि अब्बल खेलाडी कहलिन्थे । “खेलाडी/प्रशिक्षकको त्यो बेलाको विवादले फुटबल छाडेर गाउँकै नरेन्द्र खत्रीको प्रेरणाबाट कुस्तीमा आए”, उनले भने, “महेन्द्रनगरमा श्यामसिंह थापा गुरुको प्रशिक्षणमा रहेको वर्ष दिनमै पदक ल्याए ।”
विसं २०६५ मा कुस्तीको करार प्रशिक्षक नियुक्त भएपछि पनि राष्ट्रिय प्रतियोगितामा खेलेका चन्दले पछिल्लो समय मुलुककै इतिहास रच्ने गरी अब्बल खेलाडी उत्पादनका सफल प्रशिक्षक सावित भएका छन् । सुदूरपश्चिमबाट पहिलोपटक नवौँ दक्षिण एसियाली खेलकुदमा सहभागी भएका चन्दले राष्ट्रियस्तरमा भएका प्रतियोगितामा तृतीय हुनुपरेन ।
हाल कञ्चनपुरमा कुस्ती प्रशिक्षणमा रहेका चन्दले सक्रियता र खेलप्रतिको मेहनतकै कारण सुदूरपश्चिम कुस्तीका लागि मुलुकमै अब्बल भएको उनले प्राप्त गरेका पदकबाट सावित भइसकेको छ । विसं २०७४ मा हेटौँडामा भएको राखेप च्याम्पियनसिपबाट कञ्चनपुरका कुस्ती खेलाडीले स्वर्णको वर्षा गराउन थाले । जुन अहिले पनि निरन्तर छ ।
“विसं २०७४ मा पाँच स्वर्ण र एक रजत जितेको कञ्चनपुरले नवौँ बृहत् राष्ट्रिय खेलकुदमा पाँच स्वर्ण, रजत र काँस्य जितेको थियो ।” नवौँमा सुदूरपश्चिमले जितेको कूल दश स्वर्णमध्ये पाँच कुस्ती खेलका खेलाडीले स्वर्ण जितेपछि आफूलाई सुदूरपश्चिमको अब्बल खेलाडी सावित गरिसकेका छन् ।
विसं २०५८ मा खेल जीवनमा रहेका बेला पदक दिलाएका गुरु चन्दले प्रशिक्षणमा रहँदा कुनै प्रतियोगितामा खेलाडी पदकविहीन अवस्थामा फर्किनु नपरेको बताउँछन् । “१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कुस्तीमा सहभागी १४ जना खेलाडीमध्ये सात जना कञ्चनपुरका थिए”, चन्दले भने, “त्यो खेलमा नेपालले पहिलोपटक दिलाएको स्वर्ण विजेता सङ्गीता धामी पनि हाम्रै उत्पादन हुन ।”
महेन्द्रनगरस्थित भृकुटी माविमा अध्ययनरत रहेका सङ्गीता धामीलाई प्रशिक्षक चन्दले नै कुस्ती खेलमा सहभागी गराएका थिए । “१३ औँ साफमा सङ्गीताले स्वर्ण जित्दै इतिहास रच्नुका साथै कुस्तीमा सुदूरपश्चिमको सफलता देखाइन्”, चन्दले भने, “त्यो एउटा गुरुका लागि शब्दमा व्यक्त गर्न नसकिने खुसीको क्षण थियो ।” २०७४ सालयता राष्ट्रिय प्रतियोगितामा कुस्तीमा कञ्चनपुरले बर्चस्व कायम गर्दै आएको अभिलेख छ ।
“अहिले पनि खेल पूर्वाधार र खेल सामग्री बिना दश जना खेलाडी प्रशिक्षणमा छन्”, चन्दले भने, “पुराना सबै खेलाडी विभागीय टिम छरिएर खेल्दै छन् ।” कञ्चनपुरमा कुस्ती खेलमा पुरुषभन्दा महिला खेलाडीले बढी पदक दिलाएको अभिलेखसमेत छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति बटुलेका खेलाडी सङ्गीता धामी, मनिषा सिंह, सुरेश चुनारा, निर्मला जाग्री, अम्बिका भण्डारी, विमल सुनार, रेखा रावल, सन्तोष एसके, निर्मला जाग्री र सिवाङ्गी दुबे प्रशिक्षक चन्दकै उत्पादन हुन ।
कुस्तीमा केही समययता उर्वर भूमि मानिएको कञ्चनपुरमा निर्माणाधीन प्रशिक्षण केन्द्र भने अलपत्र छ । “हल निर्माणको काम प्रभावित भएको दुई वर्ष भइसक्यो”, चन्दले भने, “चालु आवमा दश लाख प्रदेश सरकारले विनियोजन गरेको छ ।” पन्ध्र वर्षदेखि कुस्तीमा प्रशिक्षण गरेर सुदूरपश्चिमको नाम राख्दै आएका चन्दको जागिरे जीवन भने सन्तोषजनक छैन ।
“पन्ध्र वर्षदेखि करारमा रहँदा भविष्य कता जाने भन्ने नै भएन”, चन्दले भने, स्थायीका लागि कुनै सुरसार छैन”, उनले खेलकुदमा राज्यलाई पदक दिलाउने प्रतिभावान् खेलाडीको रोजगारीसहित भविष्य सुरक्षित बनाउने जिम्मेवारी राज्यले गम्भीर भएर लिनुपर्ने बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १३, आईतवार १७:०३वास्तविक सुकुम्बासीलाई अर्को व्यवस्था नभएसम्म होटलमा बस्ने ब्यवस्था
खेलकुद२०८३ बैशाख १३, आईतवार १६:३०दसौं पीएम कप :न्यु डायमण्डकाे लगातार तेस्रो जित
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १३, आईतवार १०:३०सौगात,दयाहाङ र रुषाको नृत्य रहेको ‘मितज्यू’ को गीत सार्वजनिक
समाचार२०८३ बैशाख १३, आईतवार ०७:५१म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो








