अनुसन्धान कार्यमा प्रभाव पार्ने विषय सम्प्रेषण नगर्न प्रहरीको आग्रह

काठमाडौँ- चितवनको रत्ननगर १० को एक छात्रावासमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालीन पोखरेलको अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषय वस्तुहरू सम्प्रेषण नगरी दिन प्रहरी आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले एक विज्ञाप्ति मार्फत घटना सम्बन्धमा घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल सिनियर प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञ सहितको अनुसन्धान टोली घटनास्थलमा खटी गई घटनास्थल र मृतक शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका कार्यहरू सम्पन्न गरिएको जनाएको छ। । अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको प्रहरीले जानकारी दिएको हो ।
फागुन १२ गते बिहान १०:३० बजेको समयमा चितवनको रत्ननगर नगरपालिका वडा नं. १० स्थितमा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत पोखरेल सोही बोर्डिङ स्कुलको होस्टेलको अन्य साथीहरू सहित बस्ने कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको थिइन् ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १०, आईतवार ०८:०८ट्रम्पको विश्व पुनःनिर्माण योजनाबाट टाढा हुन सङ्घर्षरत युरोप
समाचार२०८२ कार्तिक ९, शनिबार २१:२५छठ पर्वअन्तर्गत पहिलो दिन नहाय खाय विधि सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक ९, शनिबार २०:३३गायिका नितु पौडेललाई पशुपति आर्यघाटमा अन्तिम बिदाइ
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक ९, शनिबार १९:३३नेपाल–भारत सहकार्यमा तयार गरिएको गीत ‘बेली चमेली’ सार्वजनिक







