पार्किङ गरिएको स्कुल बसमा आगलागी

दाङ- दाङमा पार्किङ गरिएको स्कुल बसमा आगलागी भएको छ । गढवामा अवस्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलको बसमा शुक्रबार राति अचानक आगलागी भएको हो । गढवा गाउँपालिका वडा नम्बर २ बघमरुवा निवासी अर्जुन योगीको घरको आँगनमा पार्किङ गरिएको बसमा आगलागी भएको छ ।
लु १ क ५३३५ नम्बरको स्कुल बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक नवीन वलिले जानकारी दिनुभयो । घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ ।
पार्किङमा रहेको बसमा एक्कासि आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । गढवा गाउँपालिकाको दमकल, प्रहरी तथा स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको थियो ।
राति साढे १० बजेतिर बसमा आगलागी भएको प्रिन्सिपल दिपक कुमार यादवले जानकारी दिनुभयाे । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार २१:३७बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी
समाचार२०८२ पुष १३, आईतवार २०:३२जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
समाचार२०८२ पुष १३, आईतवार १९:३५डा. शाक्यको ‘मेरो गीतभित्र’ बजारमा
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १३, आईतवार १५:११गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर « रिपोर्टर्स नेपाल







