अस्पतालमा आपतकालिन व्यवस्थापन ड्रील अभ्यास कार्यक्रम

रसुवा- जिल्लाको सदरमुकाममा रहेको रसुवा अस्पतालले आपतकालिन व्यवस्थाको व्यवस्थापन गर्न एक दिने ड्रील अभ्यास गरेको छ ।
सदरमुकाम धुन्चेमा गरिएको अभ्यास कार्यक्रममा दुर्घटनामा परेका मानिसहरुलाई उद्दार कार्यमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले अपनाउनुपर्ने सावधानीका विषयमा अस्पतालमा आपतकालिन व्यवस्थाको व्यवस्थापन ड्रील अभ्यास कार्यक्रम गरिएको हो ।
विपद् व्यवस्थापनका लागि अस्पतालले पुर्याउनुपर्ने सावधानी तथा अस्पतालमा बिरामीको उपचारमा स्वस्थ्यकर्मीहरुको परिचालन तथा आवश्यक जनशक्ति, स्रोत तथा साधन परिचालन गर्ने बिषयमा अभ्यास गरिएको थियो ।
अभ्यास कार्यक्रममा रसुवा अस्पताल, नेपालीसेना, शसस्त्र प्रहरि, ट्राफिक प्रहरी तथा सर्वसाधारणहरु अभ्यासमा सहभागी भएका थिए ।
आपतकालिन व्यवस्थाको व्यवस्थापन ड्रील अभ्यास कार्यक्रमले अस्पतालले कस्ता बिरामीहरुको तत्काल उपचार गर्ने तथा नसक्ने बिरामीहरुको उपचारका लागि तत्कालै अन्य अस्पतालमा रिफर गर्नुपर्ने रहेछ भन्ने जानकारी प्रप्त गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अमीत कुमार शाहले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








