बाजा बजाउने सीप बालबालिकामा

कास्की- कास्कीमा बाजा बजाउने सीप पुस्तान्तरण हुँदै गएको छ । बाजाको महत्व दिनप्रतिदिन बढ्दै गएपनि बजाउनेहरुको सख्यामा कमी आएसँगै त्यहाँका बाजाकर्मीहरुले बालबालिकालाई पनि यो सीप सिकाउन थालेका छन् ।
जसअनुसार हिजोआज जिल्लाका विभिन्न स्थानमा हुने धार्मिक एवम् सामाजिक क्रियाकलापहरुमा पाका पुरानासँगै बालबालिकाहरुले पनि नौमती, पञ्चे लगायतका बाजा व्यवसायिक रुपमै बजाउने गरेको पाइएको छ । बाजा बजाउनेहरुमा ८, ९ वर्षदेखि १३, १४ वर्षसम्मका बालबालिकाहरु बढी छन् ।
बाजाको महत्व समयमै बुझौँ, बुझाऔँ र यिनको संरक्षणमा एक भएर जुटौँ भन्ने मान्यताका साथ नयाँ पुस्तालाई सीप हस्तान्तरणमा जुटेको दाङसिङ सावेतका बयोबृद्ध कमी परियारले बताउनुभयो ।
आधुनिकतासँगै अन्य बाजाको प्रभावले गर्दा परम्परागत रुपमा बाजा बजाउने पेशालाई संरक्षण गर्न नसकिएको र उचित ज्यालाको व्यवस्था नहुँदा त्यस्ता बाजा लोप हुने अवस्थामा पुग्न लागेको उहाँले औँल्याउनुभयो ।
नेपाली लोकसंस्कृति झल्किने यस्ता मौलिक तथा पुराना बाजाको संरक्षणमा पछिल्लो समय त्यहाँका स्थानीय सरकारहरुले पनि बढी चासो दिदै आएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै







