बाजा बजाउने सीप बालबालिकामा

कास्की- कास्कीमा बाजा बजाउने सीप पुस्तान्तरण हुँदै गएको छ । बाजाको महत्व दिनप्रतिदिन बढ्दै गएपनि बजाउनेहरुको सख्यामा कमी आएसँगै त्यहाँका बाजाकर्मीहरुले बालबालिकालाई पनि यो सीप सिकाउन थालेका छन् ।
जसअनुसार हिजोआज जिल्लाका विभिन्न स्थानमा हुने धार्मिक एवम् सामाजिक क्रियाकलापहरुमा पाका पुरानासँगै बालबालिकाहरुले पनि नौमती, पञ्चे लगायतका बाजा व्यवसायिक रुपमै बजाउने गरेको पाइएको छ । बाजा बजाउनेहरुमा ८, ९ वर्षदेखि १३, १४ वर्षसम्मका बालबालिकाहरु बढी छन् ।
बाजाको महत्व समयमै बुझौँ, बुझाऔँ र यिनको संरक्षणमा एक भएर जुटौँ भन्ने मान्यताका साथ नयाँ पुस्तालाई सीप हस्तान्तरणमा जुटेको दाङसिङ सावेतका बयोबृद्ध कमी परियारले बताउनुभयो ।
आधुनिकतासँगै अन्य बाजाको प्रभावले गर्दा परम्परागत रुपमा बाजा बजाउने पेशालाई संरक्षण गर्न नसकिएको र उचित ज्यालाको व्यवस्था नहुँदा त्यस्ता बाजा लोप हुने अवस्थामा पुग्न लागेको उहाँले औँल्याउनुभयो ।
नेपाली लोकसंस्कृति झल्किने यस्ता मौलिक तथा पुराना बाजाको संरक्षणमा पछिल्लो समय त्यहाँका स्थानीय सरकारहरुले पनि बढी चासो दिदै आएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम







