उपाधिबाट चुक्यो नेपाल, पीएनजीसँग लज्जास्पद हार

हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधि पपुवा न्युगिनीले जितेको छ । आज भएको फाइनल खेलमा नेपाललाई ८६ रनले पाखा लगाउँदै पीएनजीले उपाधि चुमेको हो ।
पीएनजीले दिएको १७२ रनको मध्ययम लक्ष्य पछ्याएको नेपाल १६।३ ओभरमा ८५ रनमा रोकियो ।
नेपालका लागि तीन जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके । सन्दीप जोराले सर्वाधिक १७ रन बनाउँदा आरिफ शेखले १५ तथा रोहित पौडेलले १२ रन बनाए ।
ओपनिङमा आएका विनोद भण्डारी तेस्रो बलमा ४ रनमा आउट भए भने तेस्रो ओभरमा कुशल भुर्तेल ५ रनमा पेभिलियन फर्के। दुवैलाई पिएनजीका मोरियाले बोल्ड गरेका थिए।
लोकेश बम पनि ६ रनमा कामियाको एलबिडब्लूको धरापमा परे। प्रतिश जिसी शून्य र करण केसी ३ रनमा आउट भए।
बलिङमा पिएनजीका मोरिया, कामिया, चाड सोपर र सेसे बाउले २-२ विकेट लिए।
त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ८ विकेटको क्षतिमा १७१ रन जोड्यो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









