उपाधि जित्न पीएनजीले दियो नेपाललाई १७२ रनको चुनौतीपूर्ण लक्ष्य
![उपाधि जित्न पीएनजीले दियो नेपाललाई १७२ रनको चुनौतीपूर्ण लक्ष्य उपाधि जित्न पीएनजीले दियो नेपाललाई १७२ रनको चुनौतीपूर्ण लक्ष्य](https://asalkhabar.com/wp-content/uploads/2024/03/432744544_824782266344822_4770345093575917979_n.jpg)
हङकङमा त्रिकोणात्मक टी-२० शृंखलाको फाइनल खेलिरहेको नेपाललाई उपाधि जित्न पीएनजीले रनको १७२ लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन जोड्यो ।
पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए ।
नेपालका लागि ४ ओभर बलिङ गरेका कुशल भुर्तेलले जम्मा २४ रन दिएर ३ विकेट चट्काउँदा आकाश चन्दले ४ ओभरमा ४१ रन दिएर समान ३ विकेट लिए ।
त्यस्तै करण केसी र गुल्सन झाले समान १ विकेट लिए । कुशलले पीएनजीका हिला वारेलाई १८, टोनी उरालाई ६१ र किप्लिन डोरिगालाई १४ रनमा आउट गरेका थिए । नेपालका ओपनर ब्याटर रहेका कुशल पछिल्लो समय स्पीनर बलिङमा जम्दै आएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास