उपाधि जित्न पीएनजीले दियो नेपाललाई १७२ रनको चुनौतीपूर्ण लक्ष्य

हङकङमा त्रिकोणात्मक टी-२० शृंखलाको फाइनल खेलिरहेको नेपाललाई उपाधि जित्न पीएनजीले रनको १७२ लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन जोड्यो ।
पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए ।
नेपालका लागि ४ ओभर बलिङ गरेका कुशल भुर्तेलले जम्मा २४ रन दिएर ३ विकेट चट्काउँदा आकाश चन्दले ४ ओभरमा ४१ रन दिएर समान ३ विकेट लिए ।
त्यस्तै करण केसी र गुल्सन झाले समान १ विकेट लिए । कुशलले पीएनजीका हिला वारेलाई १८, टोनी उरालाई ६१ र किप्लिन डोरिगालाई १४ रनमा आउट गरेका थिए । नेपालका ओपनर ब्याटर रहेका कुशल पछिल्लो समय स्पीनर बलिङमा जम्दै आएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:१५तीनदिने भ्वाइस एक्टिङ तालिमका लागि भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित काठमाडौंमा
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित








