सुटिंग अघि नै चलचित्र ‘रावायण’ को प्रदर्शन मिती घोषणा

काठमाडौँ। फागु पुर्णिमा अवसर पारेर सुदर्शन थापाको चलचित्र ‘रावायण’ को प्रदर्शन मिती २०८१ भाद्र २१ गते तिज को दिनलाई लक गरिएको छ। सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने चलचित्र ‘रावायण’ लाई सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन्।
चलचित्रमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाहि, शर्मिला मल्ल, प्रदिप ढकालको अभिनय रहने छ। चलचित्रको चैत्र महिनाको तेस्रो हप्ताबाट छायांकन सुरु हुने बताईएको छ।
शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, बिक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफ़ी, श्री श्रेष्ठको एक्शन रहने चलचित्रको संगितको सम्पूर्ण काम मुम्बईमा गरीएको हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १४, शनिबार २२:४८गोपालजी मन्दिरमा भक्तिभाव: शनिवासरीय भजनमा उल्लेख्य सहभागिता
समाचार२०८२ चैत्र १४, शनिबार २२:००राजनीतिक दलसँग आवद्ध ट्रेड युनियन खारेज,शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक(पूर्णपाठ)
समाचार२०८२ चैत्र १४, शनिबार २१:२४यस्ता छन्,बालेन सरकारका शासकीय सुधारसम्बन्धी एक सय कार्यसुचीहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १४, शनिबार ११:५४प्यारो केसीको स्वर र अभिनयमा ‘कहाँ कहाँ’ सार्वजनिक








