आईपीएल : गुजरातसँग मुम्बई पराजित

जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ।आइतबार राति भएको खेलमा मुम्बईलाई गुजरातले ६ रनले हराएको हो। गुजरातले मुम्बईलाई जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको थियो।
त्यसक्रममा मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन मात्र बनाउन सक्यो। डेवाल्ड ब्रेभिसले ३८ बलमा ४६ रन तथा पूर्वकप्तान रोहित शर्माले २९ बलमा ४३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। गुजरातका लागि अजमतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोन्सन र मोहित शर्माले २–२ विकेट लिँदा साई किशोरले एक विकेट झारे। ३ आभेर बल फालेका क्याप्टेन हार्दिक पाण्ड्याले भने विकेट लिन सकेनन्। उनले ३० रन दिएका थिए।
मुम्बईका लागि तिलक वर्माले २५ र नमन धिरले २० रनको योगदान दिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो। गुजरातका लागि प्लेयर अफ द म्याच घोषित साई सुदर्शनले ३९ बलमा ४५ रन बनाए। उनले यस क्रममा ३ चौका र १ छक्का हिर्काए। कप्तान शुभमन गिलले ३१ तथा राहुल तेवाटियाले २२ रन बनाए। मुम्बईका लागि जसप्रित बुमराहले ३ तथा जेराल्ड कोट्जीले २ विकेट लिए।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास