नेपाली महिलाले एसिया कप खेल्ने
नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । महिला एसिया कप आगामी साउन ४ देखि १३ गतेसम्म श्रीलङ्कामा हुँदै छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार एसियाली क्रिकेट काउन्सिल (एसिसी) को विश्वमा महिला क्रिकेटलाई प्रवर्धन गर्ने लक्ष्य अनुरूप एसिया कपमा आठ टिम सहभागी गराउने निर्णय गरेपछि नेपाल भाग्यमानी बनेको हो ।
सन् २०१८ मा छ तथा सन् २०२२ मा भएको पछिल्लो संस्करणमा सात टिमले मात्र खेलेका थिए । सन् २०१२ मा प्रत्येक दुई वर्षमा आयोजना गर्ने निर्णय अनुरूप टी–२० संरचनामा पहिलो पटक महिला एसिया कप खेलिएको हो । तर सन् २०२० मा कारोना महामारीका कारण यो प्रतियोगिता हुन सकेन ।
गएको फेब्रुअरीमा भएको एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको थियो । यो हारसँगै नेपाल श्रीलङ्कामा हुने एसिया कपमा छनोट हुन सकेको थिएन । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली यूएई र मलेसिया सिधै एसिया कपमा पुगेका थिए । तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाएसँगै नेपाल र थाइल्याण्डले मौका पाएका हुन् ।
अब नेपाली महिला टोलीले तेस्रो पटक एसिया कप खेल्नेछ । यसअघि सन् २०१२ र २०१६ मा नेपाली महिला टोलीले एसिया कप खेलेको थियो । एसिया कपको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र यूएई छन् । नेपालले आउँदो जुलाई १९ मा पाकिस्तान, जुलाई २१ मा यूएई र जुलाई २३ मा भारतसँग खेल्नेछ । त्यस्तै समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास
- समाचार२०८१ पुष १७, बुधबार २०:३५संस्कृत युवा मञ्चको सातौं वार्षिक साधारण सभा सम्पन्न
- समाचार२०८१ पुष १०, बुधबार १९:२०पशुपतिनाथ मन्दिर पोखरामा सिग्देल