चैते दसैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल

कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा रु तीन लाख राशिको कालिका कप भलिबल प्रतियोगिता यही चैत ३० गतेदेखि हुने भएको छ ।
‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ नाराका साथ आयोजना हुने चैते दसैँ मेलाका सन्दर्भमा भलिबल प्रतियोगिता हुन लागेको हो ।
समितिका अनुसार राष्ट्रिय खेलाडी सहभागी हुने प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई तीन लाख नगद पुरस्कार प्रदान गरिनेछ । खेलमा द्वितीय हुने समूहलाई एक लाख ५० हजार र तृतीय टोलीलाई एक लाख प्रदान गरिनेछ । सर्वोत्कृष्ट र अनुशासित खेलाडीलाई पाँच हजार पुरस्कृत गरिने छ ।
आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने मेलामा पाँच लाख धार्मिक पर्यटक भित्रिने र एक करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा लोकदोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिताको आयोजना गरिने जनाइएको छ ।
राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद दुई लाख पुरस्कार र द्वितीय हुनेलाई एक लाख र तृतीय हुनेलाई ५० हजार र उत्कृष्ट स्वरका महिला–पुरूष तथा उत्कृष्ट वेषभूषा महिला–पुरूषलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ बैशाख १, सोमबार २१:०९मार्गदर्शन एकेडेमीले गर्यो नयाँ वर्षकाे दिन शुभकामना आदानप्रदान
समाचार२०८१ चैत्र २४, सोमबार १८:२९पञ्चकोशी आधारभूत विद्यालयको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
समाचार२०८१ चैत्र १३, बिहीबार १८:१४सिद्धबाराह तपोवन सन्यास आश्रममा गायत्री पुरश्चरण तथा विशेष धार्मिक कार्यक्रम आयोजना हुँदै
समाचार२०८१ चैत्र १२, बुधबार १९:४३संस्कृत युवा मञ्चद्वारा सत्सङ्ग तथा दिवा खाजा वितरण