हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने

जिल्लाको उच्च लेकाली भेग हेलम्बुमा ‘हाइअल्टिच्युड भलिबल’ प्रतियोगिता हुने भएको छ । समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा बागमती प्रदेशस्तरीय अन्तरपालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता हुने भएको हो । सो खेल हेलम्बुको पर्यटकीयस्थल सेर्माथाङमा हुनेछ ।
खेल पर्यटन प्रवद्र्धन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । प्रतियोगिता २०८० साल चैत २३ देखि ३० गतेसम्म हुनेछ । पुरुषतर्फको प्रतियोगिता चैत २३ देखि २६ गतेसम्म चल्नेछ । यसैगरी चैत २७ देखि ३० गतेसम्म महिलातर्फ भलिबल प्रतियोगिता हुने पालिकाले जनाएको छ ।
खेलमा प्रथम हुने महिला तथा पुरुषको टोलीले रु तीन लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यसैगरी, द्वितीय पुरस्कार रु एक लाख ५० हजार र तृतीय पुरस्कार रु ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १, आईतवार १८:१४डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु
समाचार२०८२ चैत्र १, आईतवार १६:५०नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार १०:२३प्राविधिक परिवारलाई बोर्डद्वारा ५० हजार सहयोग
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक








