बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

नुवाकोटको म्यागङ गाउँपालिकाको आयोजनामा बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
म्यागङ गाउँपालिका–५ सामरीस्थित खेलमैदानमा आगामी वैशाख ७ देखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । बिहीबार गरिएको पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष आशा तामाङले ‘भलिबल खेलाडीको पहिचान तथा प्रवद्र्धन : खेल, खेलाडी र क्षमताको संरक्षण’को मुख्य नाराका साथ खेल पर्यटन भित्र्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा प्रथम हुने पालिकाले तीन लाख तीन हजार तीन सय ३३ र दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार तेस्रो हुने पालिकाले रु ५० हजार पाँच सय ५५ र चौथो हुनेले सान्त्वनास्वरुप रु २५ हजार पाँच सय २५ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने पालिकाले तीनजनासम्म पालिका बाहिरका खेलाडीलाई समावेश गराउन पाउने नियम आयोजकले बनाएको छ । खेलाडीको क्षमता वृद्धि गराउन र अनुभव साटासाटका लागि तीनजना देश तथा विदेशका जो कोही खेलाडीलाई समावेश गराउन पाउने नियम राखिएको प्रतियोगिताको संयोजक विजय गुरुङले बताए । प्रतियोगितामा सहभागी हुन प्रदेशका एक सय १९ वटै पालिकालाई टोली दर्ताका लागि आह्वान गरिएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ बैशाख १, सोमबार २१:०९मार्गदर्शन एकेडेमीले गर्यो नयाँ वर्षकाे दिन शुभकामना आदानप्रदान
समाचार२०८१ चैत्र २४, सोमबार १८:२९पञ्चकोशी आधारभूत विद्यालयको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
समाचार२०८१ चैत्र १३, बिहीबार १८:१४सिद्धबाराह तपोवन सन्यास आश्रममा गायत्री पुरश्चरण तथा विशेष धार्मिक कार्यक्रम आयोजना हुँदै
समाचार२०८१ चैत्र १२, बुधबार १९:४३संस्कृत युवा मञ्चद्वारा सत्सङ्ग तथा दिवा खाजा वितरण