आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित

टी-२० सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपाल ए ले रोमाञ्चक जित निकालेको छ ।
नेपाल ए ले आयरल्याण्ड ए लाई ३ रनले हराएको छ । नेपालले दिएको २१४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्याण्ड ए निर्धारित २० अोभरमा ७ विकेट गुमाएर २१० रनमा रोकियो ।
अन्तिम ओभरमा २० रन आवश्यक परेको स्थितिमा वल्भ्सले १६ रन मात्र जोड्न सकेको थियो । अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा रशिद खानले १ रन मात्र दिएपछि नेपालले जित हासिल गरेको हो ।
यससँगै सिरिज आयरल्यान्डले २-१ को अन्तरमा जित्यो । वल्भ्सले पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो । बुधबारदेखि ३ खेलको एकदिवसीय सिरिज सुरु हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १, आईतवार १८:१४डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु
समाचार२०८२ चैत्र १, आईतवार १६:५०नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार १०:२३प्राविधिक परिवारलाई बोर्डद्वारा ५० हजार सहयोग
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक








